भिडियो-फोटो फिचर सन्धिखर्कमा आज

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्ना अमिलेमा रहेको सुन्दर झरना

युवाराज थापा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा लगायत जिल्लाभर महान चाड दसैं र तिहार पछि आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चहलपहल शुरु भएको छ । गाउँ – गाउँमा पार्टीका नेता – कार्यकर्ताहरु भोट् माग्न पुगेका छन् । उनिहरुले जिल्लाको सडक, खानेपानी, कृषि। उधोग एवम पर्यटन बिकासका लागि विभिन्न आश्वासन बाढदै हिंडेका छन् । जिल्लाबाट कयौ नेता चुनाव जितेर गए मन्त्री भए तर जिल्लाको अवस्थामा कुनै फरक परेको छैन् ।
जिल्लामा पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पाैवा(बल्काेट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकिय स्थलहरू हुन।
पर्यटकिय स्थलहरूका साथै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत सुन्दरता वर्णन गरी नपुग्ने देखिन्छ । आज बुधवार अर्घाखाँचीडट्कमकायुवाराज थापालेलिएका केही तस्बिरहरु ।

(१) सदरमुकाम सन्धिखर्क लगायतमा आज
 
(२) सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्ना अमिलेमा रहेको सुन्दर झरना:-

अन्य समाचारहरु