सन्धिखर्कको चुत्राबेशीमा स्थानियबासी बिच विवाद हुँदा प्रहरीद्दारा लाठीचार्ज, एक जना गम्भिर घाइते


बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सदरमुकाम  सन्धिखर्कको चुत्राबेशी पुल्चोक (पुरानो बसपार्क नजिक)मा स्थानियबासी बिच एक आपसमा विबाद भैरहेको स्थानमा भिडले उग्ररुप लिदा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट सन्धिखर्क नगरपालिका वडा ८, सिमल पाटाका केबल संचालक दामोदर के.सी गम्भीर घाइते भएका छन् ।  घटनामा अन्य केही सामन्य घाइते भएका छन् ।
घाईते के.सीको टाउकोमा गम्भिर चोट लागेको छ । गम्भीर घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएको छ । 
चुत्राबेशी पुल्चोक (पुरानो बसपार्क नजिक)मा  मुस्लिम समुदायका एक बाबु – छोराको पारिवारिक विवाद पछि झगडा उग्ररुप लिएको थियो । झगडा भएको ठाउँमा छुट्ट्याउन भनि गएको बेला त्यहाँ  झगडालाई साम्य बनाउँन गएको प्रहरीले चलाएको लाठी चार्जबाट ती युवा घाईते भएका थिए ।  के.सी हाल चुत्राबेसीमा ईलेक्ट्रीकल पसल, सुपादेउराली केवल नेटवर्कका सन्चालक समेत रहेका छन् ।
सन्धिखर्क २ निवासी स्थानीय युवा केबल संचालक दामोदर के.सीलाई प्रहरीले कुटपिट गरेको भन्दै आक्रोशित बजारबासी नारावाजी सहित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।  प्रदर्शनमा युवाहरुले डिएसपी एकनारायण कोइरालाको राजिनामाको माग गरेका थिए ।  लाठीचार्जबाट घाईते भएको विरोधमा निकालिएको प्रदर्शन केही मथ्थर भएका छ । भोली वार्ता बस्ने र  थप संघर्षका कार्यक्रम तय गरीने युवाहरुले बताएका छन् ।
विवादमा संलग्न दुबै जनालार्ई जिल्ला प्रहरी कार्यालयले  नियन्त्रणमा लिएको छ । विवाद साँझ ७:३० बजे पछि शुरु भएको थियो ।   प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।

अन्य समाचारहरु