समान्ता पाण्डे
सन्धिखर्क, अर्घाखाँची कार्तिक २२ । विवेकशिल साझा पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा बैठक सम्पन्न गरेको छ। बैठक प्रतिनिधीसभा सदस्य उम्मेदवार विष्णु मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले आगामी मङ्सिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई सफल बनाउनको लागी प्रचार प्रसार एवं पार्टीको आर्थिक पाटोलाई पारदर्शी बनाउनको लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेको छ ।
आगामी मंसीर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नको लागी पवन बन्जाडे संयोजक र गणपती भुसाल सह संयोजक रहेको २१ सदस्यीय प्रचार प्रसार मुल समिती गठन गरेको हो ।
समितिको सदस्यहरुमा रीता भुसाल , अशोक आचार्य , बसन्ता केसी , लक्ष्मण्म नेपाली , केशव भुसाल ,बाबुराम केसी लगायतका रहेका छन् ।
त्यस्तै बैठकले लक्ष्मण केसी संयोजक रहेको तीन सदस्यीय आर्थिक ब्यबस्थापन समिती निर्माण गरेको छ । जस्को सदस्यमा पवन बन्जाडे र बसन्ता केसी रहेका छन् । त्यस्तै सुदीप केसी , सुमन अर्याल र मधुसूदन पाण्डे रहेको रेडियो , पत्रपत्रिका तथा प्रचार प्रसार समन्वय उपसमिति निर्माण गरेको छ ।
त्यस्तै बैठकले अर्घाखाँची जिल्लामा प्रचार प्रसार गतिविधीलाई ससक्त बनाउनको लागी मूल प्रचार प्रसार समितिले कार्यक्रम तालिका निर्माण गर्ने र सोही अनुसार अगाडी बढी कार्यक्रम गर्ने विवेकशिल साझा पार्टी अर्घाखाँचीले जानकारी दिएको छ ।
कार्यक्रमको संचालन प्रचार प्रसार सह संयोजक गणपती भुसालको संचालनमा सम्पन्न भएको हो ।
पार्टिले अर्घाखाँची जिल्लाबाट प्रतिनिधी सभा सदस्य पदको लागी विष्णु प्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ भने त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनको लागी क्षेत्र नं. १ बाट हरी प्रसाद भुसाललाई उम्मेदवार बनाएको छ । तर क्षेत्र नं. २ मा पार्टीले कुनै पनि उम्मेदवार बनाएको छैन ।