युवराज थापा
गोरसिङे (अर्घाखाँचीड्ट्कम) । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चको केन्द्रीय समितिले पर्यटन विस्तार एवम जिल्लाको पहिचानका लागि जिल्ला प्रवेश गर्ने सिमा क्षेत्र कपिलवस्तुको गोरसिङ्गे र सुपादेउरालीमा प्रवेशद्वारको निमार्ण गर्ने भएको छ ।
अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चको एक टोलीले आज सुपादेउराली र कपिलवस्तु गोरसिङ्गेमा भ्रमण गरेको छ । टोलीले प्रारम्भिक कार्य स्वरुप प्रवेशद्वार र शौचालय निमाणको लागि जग्गा हेर्न तथा स्वीकृति लिनको लागि टोली सुपादेउराली र कपिलवस्तु गोरसिङ्गेमा भ्रमण गरेको हो ।
अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार टोलीले सुपादेउराली र कपिलवस्तु गोरसिङ्गेमा सम्बन्धित निकायबाट जग्गा र निमार्ण स्वीकृत लिएको छ । टोलीका सह-कोषाध्यक्ष विष्णु क्षेत्री, सचिव -दामोदर भुसाल, उपाध्यक्ष करन जङ्ग रायमाझी, युवराज थापा देश संयोजक हरि कुवर, सन्तोष शर्माले कपिलवस्तुका नगर प्रमुख केशब श्रेष्ठसँग भेट गरेको थियो ।
यस्तै गोरसिङ्गे, सुपादेउराली प्रवेशद्वार निर्माण गर्न आवश्यक परेमा सक्दो सहयोग गर्ने प्रमुख केशव श्रेष्ठले बताए । प्रवेशद्वारमा जिल्लाका जिल्लाको पहिचान झल्काउने खालका जानकारी सन्देशहरु राखिने छ ।
वि.स. २०७० सालमा स्थापना भएको अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचको अध्यक्षमा डिल्लीराज घिमिरे, उपाध्यक्षमा करन जङ्ग रायमाझी, गिरिराज खनाल, रन्जित छेत्री, अम्बिका श्रेष्ठ रहेका छन् । यस्तै महासचिवमा युवराज थापा, सचीव -दामोदर भुसाल, ससचिव बाबुराम आचार्य, कोषाध्यक्षमा राम प्रसाद पराजुली, स-कोषाध्यक्ष बिष्णु छेत्री र प्रमुख सल्लाहकारमा युवराज केसी रहेका छन् ।