मालारानीको हंसपुर रतनमारे र गोखुङामा बामगठबन्धनको चुनावी कार्यक्रम सम्पन्न, टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीड्ट्कम) । संयुक्त बाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मालारानी गाउँपालिका वार्ड नं. ७, ८ र ९ वार्डका हंसपुर रतनमारे र गोखुङामा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।
बामगठबन्धनको संयुक्त चुनावी कार्यक्रम आज बिहीवार मालारानी ७, ८ को हंसपुर रतनमारे र मालारानी-९ गोखुङामा सम्पन्न भएको हो ।
चुनाबी कार्यक्रममा बाम गठबन्धनका प्रतिनिधी सभा सदस्यका उम्मेद्धवार टोपबहादुर रायमाझी र प्रदेश सभा क्षेत्र नम्वर १ का उम्मेद्धवार चेत नारायण आचार्यले मालारानी गाउँपालिकाको बिकासका लागि बिभिन्न प्रतिबद्धता जाहेर गरेका थिए ।
रायमाझीले ६० हजार मत माथिले प्रतिनिधि सभा र प्रदेश सभामा ३० हजार माथि मतले जित्ने दावी गरेका छन् ।
दुबै उम्मेद्धवारहरुले आगामी मंसिर २१ गतेहुने प्रदेश तथा प्रतिनिधी सभाका बाम उम्मेद्धवारहरुलाई फराकिलो मत अन्तरले बिजयी गराउन सबै तहका व्याक्तिहरु लाग्न अनुरोध गरेका थिए ।

अन्य समाचारहरु