सन्धिखर्कमा निर्वाचन र संचार सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न, आचारसंहिता उलंघन गर्ने जो कोहीलाई पनि कार्बाहीको हुने


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक २४ ।  अर्घाखाँची जिल्लाका जिल्ला निर्बाचन अधिकारी केदारनाथ शर्माले निर्वाचन आचारसंहिता उलंघन गर्ने जो कोही पनि कार्बाहीको भागिदार हुने बताएका छन । 
जिल्ला निर्बाचन अधिकारी शर्माले राजनितिक दल र उमेदवार मात्र नभई सम्बन्धित कर्मचारी,संचारमाध्यम लगायत सरोकारवाला जो कसैलेपनि निर्बाचन आचारसंहिता कार्यान्वयन नगरेमा कानुन संगत कार्बाही हुने भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन । सुक्रबार सन्धिखर्कमा संचारकर्मीसंगको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारी शर्माले यस्तो धारणा ब्यक्त गरेका हुन । अधिकारी शर्माले निर्वाचनमा द्वन्द्व आउन नदिन राजनितिक दल,स्थानीय,बुद्धिजीवि र संचार माध्यमको बिशेष भुमिका हुने भन्दै सोही अनुसार सकरात्मक सहयोग गर्न सबै संग आग्रह समेत गरेका छन । 
जिल्लामा कार्यरत झण्डै डेढ दर्जन क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुले भाग लिएको अभिमुखीकरण गोष्ठीमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनालले प्रशिक्षणात्मक भनाई राख्दै निर्बाचन सबै नेपालीको राष्ट्रिय पर्व भएकोले निर्बाचनलाई असर गर्ने गरि पत्रकारहरुलाई एकपक्षिय बिनास्रोत तथ्यहिन समाचार संप्रेषण नगर्न आग्रह गरेका थिए । 
अर्घाखाँचीमा आगामी मंसीर  २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको निम्ती मतदाता शिक्षा प्रदान गर्ने प्रशिक्षकहरुको छनोट भइसकेको र उनिहरुलाई सनिबार बाट तालिम प्रदान गर्ने र तालिम पश्चात तुरुन्तै मतदाता शिक्षा सुरुहुने जिल्ला निर्बाचन अधिकारी शर्माले जानकारी दिएका छन । 

अन्य समाचारहरु