भुमिकास्थान नगरपालिकाको नुवाकोट च्यूरामाटीमा सुपा देउराली मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

विनोद गैरे 
नुवाकोट च्यूरामाटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा नं. ८ नुवाकोट च्यूरामाटीमा नव निर्मित सुपादेउराली मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
मन्दिरको प्रबेश द्वारमा मैनबत्ती प्रजोनन् साथै मन्दिरमा विधिवत पुजाआजा गरी प्रमुख अतिथि तथा भुमिकास्थान नगरपालिका प्रमुख रेशम बहादुर थापा र विशिष्ट अतिथि उप-प्रमुख खडानन्द बेल्वासेले सम्यूक्त रुपमा मन्दिरको उद्घाटन गर्नुभएको होे ।
उद्घाटन पश्चात मन्तव्य राख्दै प्रमुख अतिथि थापाले भु.न.पा-८ नुवाकोट च्यूरामाटीका युवाहरुको विकास निर्माण तथा सामाजिक कार्यप्रतिको सक्रियता प्रति आभार प्रकट गर्दै स्थानीय स्तरको विकास र सामाजीक कार्यमा युवाहरुको सक्रियता अहिलेको अपरिहार्यता भएको उल्लेख गर्नु भएको थियो । थापाले आफु पनि युवा भएको हुदा युवा लक्षित कार्यक्रमहरुलाई सदैभ आफ्न साथ सहयोग र सर्मथन रहिरहने भन्दै मन्दिरलाई व्यक्तिगत रुपमा रु. १० हजार १ साय ५ रुपैया सहयोग गर्दै आगामी वर्षमा मन्दिरलाई थप व्यवस्थित वनाउनको लागि नगरको योजनामा समाबेस गर्ने प्रतिवद्धता पनि जायर गर्नुभएको थियो । कार्यक्रममा उप प्रमुख बेल्वासेले मन्दिर निर्माण गर्नुले सामाजीक विकास संगै धर्म र संस्कृतिको जर्गेना पनि गर्ने हुँदा युवाहरुको सक्रियताप्रति मुक्तकण्डले प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रमा मन्दिरका संरक्षक तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरेले मन्दिरलाई सहयोग गर्ने प्रमुख अतिथि नगरप्रमुख रेशम बहादुर थापा लगायत सहयोग दाताहरुलाई प्रशंसा पत्रले सम्मान गर्दै बैदेसिक रोजगारमा रहेका युवा यज्ञ प्रसाद गैरेको सक्रियतामा नेपालमा तथा बैदेसिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहने २०० जना युवाहरुसंग झण्डै ४ लाख सहयोग रकम संकलन गरी मन्दिरको निर्माण कार्य सम्पन्न भएको जानाकारी गराउदै सुपा देउराली मन्दिरमा भाकल गरेमा आफ्नो मनोकामना पुराहुने किम्वदन्तीलाई उद्रित गर्दै साविकका नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ्ग लगायत प्युठान जिल्लावाट लामो यात्रा तय गरी सुपा देउरालीको पुजाआजा गर्न सुपा मन्दिरमा नै जानु पर्ने वाध्यतालाई मध्यनजर गर्दै सुपाको मन्दिरलाई विधिवत रुपमा यस स्थानमा स्थापना गरिएको वताउदै अव साविकका नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ्ग लगायत प्युठान जिल्लाका श्रद्धालु भक्तजनहरुले यस मन्दिरमा पुजाआजा संगै बलि दिन सक्ने सम्पूर्ण व्यवस्था मिलाईएको जानाकारी दिनुभएको थियो । 
स्थानीय श्रद्धालु भक्तजनहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रम योजनाका सह–सचिव डिलाराम गैरेको अध्यक्षता, भिमलाल गैरेको स्वागत तथा तेज प्रसाद गैरेको संचालनमा सम्पन्न कार्यक्रमका रहेको थियो ।   

अन्य समाचारहरु