शीतगंगाको जुकेना गल्दामा बाम गठबन्धको चुनाबी भेला सम्पन्न (तस्बिर सहित)

बसन्त श्रेष्ठ छपाली 
शीतगंगा, अर्घाखाँची कार्तिक २६ । बाम गठबन्धनले जिल्लामा चुनावी कार्यक्रम तथा सभालाई तिब्रता दिएको छ । चुनाबी कार्यक्रम अन्र्तगत संयुक्त  बामगठबन्धन उमेदवारहरुको आज सितगगा नगरपालिका वाड नम्वर ५ साबिक जुकेना गाबिसको गल्दामा चुनाबी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे संयुक्त बामगठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्वर २ का उम्मेदवार रामजी प्रसाद घिमिरेले आफु सधै जनताको काममा निरन्तर लाग्दै आएको आएकोल जनताको अभिमत आफ्नो पक्षमा पल्लाभारी हुने दाबी गर्नुभएको छ । घिमिरेले नौमुरे जलबिद्युत योजना पाँच वर्ष भित्र सम्पन्न गर्ने भन्दै चाक्ला गल्दा शिबादह गच्छे भालुबांग मोटरबाटो स्तरोन्ती गर्ने प्रतिबघता व्यक्त गर्नुभयो । 
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एवम पुर्व जिविस सभापति पिताम्वर भुसाल, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य ओपी पाण्डे, एमाले नेता पिताम्बर सारु, माओबाद नेता मणि अधिकारी, भिम केसी, माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य सीता भाट लगायतले सम्युक्त बाम गठबन्धनका उमेद्वारलाई अत्याधिक बहुमतले बिजयी गराउनुपर्नेमा जोड दिएका थिए ।
 त्यसैगरी शीतगंगा ६ फुर्सा माटामा पनि संयुक्त जनसभा तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भुपाल सारुको अध्यक्षता, गाबिन्द पोख्रेलको स्वागत र बिक्रम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 
कार्यक्रममा प्रदेश सभा उमेद्वार रामजीप्रसाद घिमिरेले मुलुको ऐतिहासिक गठबन्धनको रुपमा बाम गठबन्धन रहेको भन्दै अत्याधिक बहुमतले बिजयी बनाउन लाग्नुपर्ने बताउनुभयो ।

अन्य समाचारहरु