कांग्रेसको चुनावी कार्यक्रम अर्घा-धरमपानी, लापेमा र जलुकेको लापेमा सम्पन्न (तस्बिर सहित)

प्रेमनारायण आचार्य
लापे, अर्घाखाँची २६ कात्तिक । नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा  पुर्ब मन्त्री तथा रेवती प्रसाद भुसालले  कांग्रेसले अरुले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउनु भएको छ । 
उहाले विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।
 सन्धिखर्क नगरपालिका  नगरपालिका वडा नं ९ र १० अर्घा र धरम्पानीमा भएका चुनावी प्रचारप्रसार  कार्यक्रममा नेता भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको नारा जपे पनि कम्युनिष्टहरुको नियत खोटो देखिएको बताउनुभयो । 
कांग्रेसका जिल्ला सभापति तथा निर्बाचन क्षेत्र नम्वर क का उम्मेद्धार बिष्णु प्रसाद खनाल (मुस्कान) ले पर्यटन, कृषि, र जनशक्तिको विकासबाट अर्घाखाँचीको कायापलट गर्नका लागि आफु उम्मेद्धार बनेको बताउनु भयो । आफुले शिलान्यास गरेर १६ महिना सम्म काम हुन नसकि अलपत्र परेको धरम्पानीको विमानस्थल निर्माण गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै जस्का लागि कांग्रेसलाइ जिताउन आग्रह गर्नु भएको छ । 
 ५ नम्बर प्रदेश समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले केन्द्रदेखी गाउँतहसम्मका महिलाहरुको  बिकासकालागि कांग्रेसको विकल्प नभएको बताउँनुभयो । 
 कार्यक्रममा कांग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, महासमिति सदस्य केसब श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति केसवराज कुवर,  महाधिबेसन प्रतिनिधि कृष्ण खनाल,  महाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल,  महाधीबेसन प्रतिनिधि महमद सफर मिया, मणिराम परियार , जिल्ला सदस्य माधब भुसाल, सन्धिखर्क नगर कार्य समितिका सभापति विनोद आचार्य, महिला संघकी पुर्ब जिल्ला अध्यक्ष राधा आचार्य, नेविसंघका पुर्ब सभापति मेघराज पाण्डे,विजय केसी,  क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल, प्रेस युनियनका अध्यक्ष सुर्य भुसाल, पत्रकार प्रेम आचार्य, बिष्णु खनाल, कांग्रेस नेताहरु भेसबहादुर विसी, चुरामणि भटराइ, देवकीनन्दन भुसाल, कमल विक लगायतले मन्तब्य राख्नु भएको थियो । 
अर्घामा भएको कार्यक्रम, झविन्द्र खड्काको अध्यक्षता, नारायण खत्रीको स्वागत मन्तब्य तथा धरमपानीमा भएको कार्यक्रम नारायण चुदालीको अध्यक्षता र केसव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।  
जलुकेको लापेमा  कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम
यस्तै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका उम्मेद्धार डाक्टर रामबहादुर विसीले विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ । उहाले देसलाइ आर्थिक क्रान्तीको माध्यमबाट देसलाइ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भयो । 
जलुकेको लापेमा  भएको कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले नेपालको विकासको इतिहास कांग्रेस संग जोडिएको बताउनु भयो । 
कार्यक्रममा निर्बाचन क्षेत्र नम्वर खका उम्मेद्धार हिम्मत बहादुर टण्डनले विकास र समृद्धिको लागि कांग्रेसको पक्षमा मतदान गरेर विजयी वनाउन आग्रह गर्नु भएको छ । २ नम्वर क्षेत्रको मुहार फेर्न कांग्रेसको विकल्प नभएको बताउनु भयो । 
कांग्रेसका पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । उहाले वाम गठबन्धनले कांग्रेसलाइ झन बढि फाइदा भएको बताउदै कम्युनिस्टहरु धरासयी हुने बताउनु भयो ।  
कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, नेता श्यामनाथ कास्यप, क्षेत्रीय सभापति अच्युत गौतम,  जिल्ला सदस्य माधव प्रसाद पौडेल, हेमन्त वेल्वासे,  कांग्रेस नेता जय बहादुर टण्डन,  मोहन पन्थी, तरुण दलका मोती बेल्वासे, महिला संघका जिमा अर्याल, चन्द्रा गैरे लगायतले मन्तब्य राखेका थिए । 

अन्य समाचारहरु