बाम गठबन्धनको मालारानी १ र २ तथा छत्रदेव ७ र ८ मा चुनावी सभा सम्पन्न, आफ्नो विजयलाई कसैले रोक्न नसक्ने टोप बहादुर रायमाझीको भनाई

शोभाखर पन्थी
 छत्रदेव, अर्घाखाँची कार्तीक २६ । नेकपा (माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले बाम गठबन्धनको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । 
बाम गठवन्धनद्वारा आईतवार मालारानी गाउँपालिकाको वार्ड नं. १ र २ तथा छत्रदेव गाउँपालिका वडा नं. ७ र ८ मा आयोजित छुट्टाछुट्टै चुनावी सभामा मन्तव्य राख्दै उहाँले बाम गठवन्धन मूलुकको आवश्यकता र जनताको चाहना भएको बताउँदै, उच्च मनोवलका साथ जनताको घर आँगनमा पुग्न कार्यकर्तालाई आग्रह गर्नु भयो । 
बाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्ला बाट प्रतिनिधि सभाका साझा उम्मेदवार रहनुभएका रायमाझीले राज्यबाट प्रदान गरिने सेवा सुविधा र विकासका काममा ओजेलमा परेको अर्घाखाँचीलाई आफूले नमूना जिल्लाको रुपमा विकास गरिरहेको दावी गर्नुभयो । 
नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा बामगठवन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नम्वर १ का साझा उम्मेदवार चेतनारायण आचार्यले श्रमजीवि वर्गको अधिकार स्थापना र जिल्लाको विकासको लागि बाम गठबन्धनलाई भारीमतले विजयी गराउन आग्रह गर्नु भयो । उहाँले गाउँ गाउँमा विकासका पूर्वाधार पु-याई जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ आफूहरु जनता बीच आएको बताउनु भयो । अर्का बक्ता नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले सामाजिक रुपान्तरण, स्वरोजगारिको ग्यारेन्टी र समृद्ध राष्ट्र निर्माणको लागि वाम गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो । मूलुकका ठूला दुई वामपन्थी दलबीचको एकता केवल निर्वाचन जित्नको लागि मात्र नभई स्थायी सरकार, दिगो शान्ति र अग्रगमनको लागि भएको उहाँको भनाई छ । 
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सह-संयोजक तथा समानुपातिक उम्मेदवार छमकुमारी खनाल (चिनारी), एमाले जिल्ला सचिव राम बहादुर चौहान, माओवादी केन्द्रका जिल्ला सह- संयोजक तोज बहादुर रायमाझी (विधान), एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, शालिकराम आचार्य, भविश्वर पाण्डे, माओवादी केन्द्रका सचिवालय सदस्य रामलाल पराजुली, प्रकाश ज्ञवाली, एम.पी. पाण्डे, मालारानी गाउँपालिका प्रमुख बालकृष्ण आचार्य,उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष ऋषिराम अधिकारी, समाजसेवी रामप्रसाद घिमिरे, एमाले जिल्ला कमिटी सदस्य लिल बहादुर वि.क., खुविराम आचार्य, दयाराम पौडेल, लगायतका वक्ताहरुले मन्तव्य राख्दै बाम गठबन्धनको विजय सँगै जिल्लामा विकास निर्माण र सामाजिक रुपमान्तरणको कामले सार्थकता पाउने बताउनु भयो । 
चुनावी सभाको लागि गाउँमा पुगेका उम्मेदवार तथा वाम गठबन्धनका नेताहरुलाई जनताले फूलमाला र अविरले भव्य स्वागत गरेका थिए । वाम गठवन्धनले भोली सोमवार छत्रगञ्ज र ठूला पोखरामा चुनावी सभा गर्ने तयारी गरेको एमाले जिल्ला कमिटी सदस्य लिल बहादुर वि.क.ले बताउनु भयो । 

अन्य समाचारहरु