सुपादेउराली युथ नेटवर्कद्दारा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालन


समान्ता पाण्डे ‘विक्रम’
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको ठाडामा शनिबार  देखि निशुल्क  दन्त शिविर  शुरु भएको छ।
कान्तिपुर डेन्टल हस्पिटल , बसुन्धरा, काठमाडौ र अध्ययनमा लागिरहेका युवा युवतीहरुको सामाजिक संस्थास् सुपादेउराली युथ नेटवर्क ‘परिवर्तन आफैबाट’ को संयुक्त आयोजनामा हिजो पहिलो दिन शनिबार  सितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संचालन गरीएको छ ।
सनिवार देखि जिल्लामा रहेका गाउँपालीका तथा नगरपालीकालाई लक्षित गर्दै स्थानीय तहका विभिन्न्न स्थानमा निशुल्क दन्त शिविर सुरु भएको हो ।
दन्त शिविर कार्यक्रम कार्तिक आइतवार पनि सितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने छ।
त्यस्तै २७ गते भुमिकास्थान न.पा. नुवाकोटको हटियामा , २८ गते भुमिकास्थान न.पा., ढिकुराको गैरागोठमा , २९ गते छत्रदेव गाउँपालिकाको बल्कोटको पौवामा, त्यस्तै कार्तिक ३० गते र मंसीर १ गते सन्धिखर्क नगरपालिका पन्थी डेन्टल क्लिनिक चुत्राबेसिमा शिविर संचालन हुने भएको हो ।
शिविरमा दक्ष तथा अनुभवी चिकित्सकहरुद्वारा निशुल्क दन्त परीक्षण गर्ने छन् । दन्त शिविरको लागि काठमाडौबाट १४ जनाको दन्त शिविरको टोली आएका छन् ।
शिविरमा भर्न सक्ने दातमा सिमेन्ट भर्ने , दातको सफाइ गर्ने , झिक्न मिल्ने दातलाई झिक्ने तथा आवश्यक औषधि दिने लगायतका सेवा सुविधा रहेको सुपादेउराली युथ नेटवर्क का संस्थापक अध्यक्ष बिराज घिमिरेले बताएका छन ।
सनिवार ठाडाको शिविर कार्यक्रममा शितगंगा नगरपालिकाका उपमेयर त्यस्तै वडा अध्यक्षको समेतको उपस्थिती रहेको संस्थाका सचीव सन्तोष भुसालले बताएका छन ।

अन्य समाचारहरु