योगेन्द्र चाैहान । तस्बिर- फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बिप्लब नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य योगेन्द्र चाैहानलाई आज प्रहरीले सन्धिखर्कबाट गिरफ्तार गरेको छ ।
आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य योगेन्द्र चौहानलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।
उता चौहानलाई गरेको गिरफ्तारी प्रति मानब अधिकार मञ्च अर्घाखाँचीले आफ्नो गंभिर ध्यानाकर्षण भएकाे जनाएको छ । बिनाकारण नेता चाैहानलाई गिरप्तार गरिएको भन्दै मञ्चका अध्यक्ष शाेभाखर पन्थीले तत्काल रिहाइको माग समेत गरेका छन् ।
साथै स्रोतका अनुसार प्रहरीले प्रक्राउ गर्न अर्घाखाँचीभर चुनाव बहिस्कार गरेको बिप्लब नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला स्तरिय नेताहरुलाई खोजी गरेको छ ।