सन्धिखर्कमा पूर्ण सरसफाइं सम्बन्धि सैद्धान्तिक र ब्यबहारिक प्रशिक्षण सम्पन्न

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखांची  कार्तिक २७ ।  ज्ञान नभएर भन्दा ध्यान नदिएर नेपालीहरुले दुर्घन्धित जिवन ब्यतित गर्नुपरेको एक कार्यक्रमका बक्ताहरुले दाबी गरेका छन् । 
पूर्ण सरसफांई र ब्यबहार प्रर्बद्धन सम्बन्धि बिद्यालय निरिक्षक,स्रोत ब्याक्ती,शिक्षक,पत्रकार तथा सामाजिक परिचालकहरुलाई प्रदान गरिएको दुइ दिने तालिमका सहजकर्ताहरुले सहभागिहरुलाई पूर्ण सरसफाइं सम्बन्धि सैद्धान्तिक र ब्यबहारिक प्रशिक्षण दिंदै यस्तो दाबी गुर्नभएको हो ।
ग्लोबल स्यानिटेशन फन्ट र युन ह्याबिट्याटको सहयोग,प्रकाश सचेतन समुहको सहजिकरण र खानेपानी तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कमा संचालन भएको दुइ दिने तालिममा प्रशिक्षक गणेश तिमिल्सीना र बिष्णु दवाडीले प्रशिक्षण दिंदै बिश्वका बिभिन्न देशमा पूर्ण सरसफाईंयुक्त क्षेत्र घोषणा गर्न पानीको अभाव मूख्य बाधक बन्ने गरेको भएपनि नेपाली समाजमा भने ज्ञान हांसिल भएकाको समेत बानीमा परिबर्तन नआउनु नै मूख्य बाधकको रुपमा देखा परेको उल्लेख गर्नुभएको छ । 
कुनैपनि बिशेष अभियान हरु सफल पार्न शिक्षा र संचार क्षेत्रको भुमिका मूख्य हुने भएकोले सन् २०२० सम्ममा अर्घाखाँचीलाई पूर्ण सरसफांईयुक्त जिल्ला घोषणा गर्ने महान अभियानलाई पनि सोहीअनुसार सहयोग गर्नेमा आफुहरु बिश्वस्त रहेको भन्दै उहांहरुले आ-आफ्नो जिम्मेवारी सबैले बहन गरेमा महान अभियानलाई सफल पार्न सकिने उद्घोष गर्नुभएको छ ।
यसैबिच जिल्ला सदरमुकाममै रहेका प्रत्यक्ष जनसरोकार राख्ने सरकारी तथा ग्रैह सरकारी कार्यालयहरुमा समेत स्रोत र साधन हुंदापनि अटेराइं गरि सरसफाइंका सुचक हरुलाई लागु नगरेको पुष्टी भएको छ । दुइ दिने तालिमका सहभागिहरुद्धारा जिल्ला स्थित शिक्षा कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय,बिद्यालय,होटल र निजि घरको स्थलगत अनुगमन गर्दा पानी,चर्पी,चुलो,कोठा तथा कार्यालय ब्यबस्थापनमा ध्यान नदिंदा सुचकहरुको उलङ्गघन भएको पुष्टी भएको हो ।

अन्य समाचारहरु