अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सरकारी कार्यालयका १७ जना कर्मचारी छडकेमा परेका छन । जिल्ला प्रशासन कार्यालयले मंगलवार बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म गरेको आकस्मिक अनुगमनमा जिल्लाका सरकारी कार्यालयका १७ जना कर्मचारी कारवाहीमा परेका छन ।
सरकारी कार्यालयका अधिकृत स्तरका र सहायक नासु लगायत १७ जना कर्मचारी कार्यालयमा समयमै अनुपस्थित रहेको भेटिएको प्रशासनले जनाएको छ । चुनावको बेला ढिलो गरी कार्यालयमा आउने र जनताको काम छिटोछरितो गर्न छाडेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको हो ।
कारवाहीमा पर्ने कार्यालयले निजामती ऐन अनुसार ३ दिनभित्र स्पष्टीकरण दिन जिल्ला प्रशासन कार्यालयले पत्र लेखेको बताएको छ । अर्घाखाँचीमा सरकारी कार्यालयका कर्मचारीहरु पार्टीका निर्वाचन प्रचारप्रसारमा हिंडेका देखिन्छन् ।