बाम गठबन्धनकाे केरुङ्गा र बल्काेट दुन्द्रुकमा चुनावी सभा सम्पन्न, कांग्रेस अत्तालिएको टाेपबहादुर रायमाझीकाे आरोप

शाेभाखर पन्थी 
बल्काेट, अर्घाखाँची ।  बाम गठबन्धन अर्घाखाँचीकाे अायाेजनामा छत्रदेब गाउँ पलिकाकाे केरुङ्गा र बल्काेटमा चुनावी सभा तथा भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माअाेबादी केन्द्र का नेता टाेपबहादुर रायमाझीले नेपाली कांग्रेसलाई हताेस्साही नहुन अग्रह गर्नुभएको छ । 
नेपाली कांग्रेस लगायतका पुरातनवादी दलहरु मुलुकका ठुला दुई कम्युनिष्ट पार्टिकाे चुनावी एकता बाट अत्तालिएर सर्वसाधारण जनतालाई भड्काउन खाेजेकाे अाराेप लगाउँदै उहाँले बामगठबन्धन चुनाव जित्नकाे लागि मात्र नभई मुलुककाे समृद्धिकाे लागि गरिएको बताउनुभयो । निर्वाचन पछि ठुला दुईवटा कम्युनिस्ट पार्टी मात्र नभै स साना अरुसबै कम्युनिस्ट पार्टी लाई मिलाएर एउटै कम्युनिस्ट केन्द्र बनाउने तयारी भैरहेकाे उहाँको भनाई छ ।
 रायमाझीले लामाे समय सम्म सरकारमा रहेपनि कांग्रेसले देश र जनताको पक्षमा कामगर्न नसकेकाे अाराेप लगाउँदै जन प्रतिनिधि भएकाे छाेटाे अबधिमा अाफुले जिल्लामा थुप्रै बिकासका पुर्वाधार खडागरेकाे दाबिगर्नुभयाे । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा बामगठबन्धनकाे तर्फ बाट अर्घाखाँची जिल्लाकाे प्रदेश नंं१ का साझा उमेदवार चेतनारायण अाचार्यले राजनैतिक परिवर्तन पछि मुलुक अार्थिक क्रान्तिमा हाेमिएकाे बताउनु भयाे । दिगाेबिकास अार्थिक सुधार राष्ट्रिय अखण्डताकाे रक्षा र समृध्दराष्ट निर्माणको लागि बामगठबन्धनका उम्मेदवार लाई बिजयी गराउनु पर्नेमा उहाँको जाेड थियाे । कार्यक्रममा मन्तव्य राख्दै नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वलले बामगठबन्धनकाे बिजयी अभियान लाई कसैले राेक्न नसक्ने बताउनुभयो । 
नेपाली जनता सधै शान्ति ,अग्रगमन र बिकासकाे पक्षमा दृढता पुर्वक उभिने बताउँदै खड्काले अासन्न निर्वाचनमा भारिमतले बामगठबन्धनका उमेदवार लाई बिजयी गराउन अग्रह गर्नुभयाे । 
कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका जिल्ला सहसंयाेजक ताेजबहादुर रायमाझी , माअाेबादी केन्द्रका नेता गुणाखर भुसाल,नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भबिश्वर पाण्डे ,धुर्ब पाण्डे , नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सम्मेलन अायाेजक समितिका सदस्य रामलाल पराजुली , निर्माण व्यबसायी संघका अध्यक्ष ऋषिराम अधिकारी , बल्काेट रुपन्देही सम्पर्क समितिका अध्यक्ष दिपक पन्थी ,अनेरास्ववियुका केन्द्रीय सदस्य भरत न्याैपाने लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएकाे थियोे ।

अन्य समाचारहरु