वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको उल्लेख गर्दै अहिले ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा नेपालकै केही शक्तिहरु लगिपरेको बताउनुभएको छ ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको निम्ती आज देखी औपचारीक प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज वाङ्गलाको भण्डारी पोखरामा सम्पन्न गरेको वाङ्गला र डिभर्नाको संयुक्त भेलालाई सम्बोधन गर्दै के.सी.ले देश र जनताले जित्नको निम्ती आसन्न निर्बाचनमा त्यस्ता शक्तिलाई पराजित गनुपर्ने बताउनु भएको छ । गंगाराम खनालको अध्यक्षता,सिता भट्टराईको स्वागत मन्तव्य र गोपाल पाण्डेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता प्रशिक्षण भेलाले गंगाराम खनालको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति, गोपाल पाण्डेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक परिचालन समिति र बाबुराम एस.के.को संयोजकत्वमा ७१ सदस्यिय प्रचार-प्रसार समितिको गठन गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी. र बाबुराम पन्थी सुनारले मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाको जित नै राष्ट्रको जित हुने भन्दै आफ्ना उम्मेद्धारहरुलाई भोट दिन आग्रह गुर्नभएको छ ।
यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटमा पनि चुनाबी कार्यक्रम सम्पन्न गरेको छ ।दोर्ण प्रसाद भण्डारीको अध्यक्षता,शिव प्रसाद बन्जाडेको स्वागत मन्तव्य र बुद्धि बन्जाडेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे माधव प्रसाद बन्जाडे, राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित जनप्रतिनिध निम बहादुर बस्नेत,लक्ष्मी बि.क.,बिष्णु सारु र राम बहादुर नेपालीले ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई पटक-पटक भोट दिएर नेपाली जनता झुक्कीएका कारण अहिले मुलुक गम्भिर संकटमा फसेको दाबी गर्नुभयो । संकटमा फसेको राष्ट्रलाई माथी उकास्न अब जनताले त्यो गल्ती दोहोराउन नहुने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ ।
सयौं नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको भेलाले असुरकोट र खिल्जीमा क्रमश बिष्णु सारु र दोर्ण भण्डारी संयोजक रहेको ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति,शिव प्रसाद बन्जाडे र निम बहादुर बस्नेत संयोजक रहेको १ सय एक र १ सय १५ सदस्यिय निर्बाचन प्रचार प्रसार समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।