प्रेमनारायण आचार्य
पणेना, अर्घाखाँची २८ कात्तिक । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर १ पणेना आउदो फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने भएको छ ।
स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्न आज भएको भेलाले पणेनालाइ आउदो फागुन मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरी सरसफाइमा नमुना वार्डको रुपमा घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।
कार्यक्रममा पुर्ण सरसफाइको महत्व हालको अबस्था ,सरसफाइका महत्व र फाइदाको वारेमा लुम्विनी समाजिक विकास केन्द्रका वास अफिसर प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो ।
भेलाले वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको घोषणा गरेको छ । जस्को सदस्यहरुमा गिता पोख्रेल, राम प्रसाद पोख्रेल, मिनबहादुर रेस्मी, लक्ष्मी बिक, धातानन्द पोख्रेल, दिनेशकुमार भारद्धाज, हरिप्रसाद पोख्रेल,पिताम्वर पोख्रेल, पुस्करनाथ पोख्रेल, तुल्सीराम पराजुली, बिष्णुभक्त पोख्रेल, लगायतका रहनु भएको छ ।
वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य गिता पोख्रेल, मिनबहादुर रेस्मी, लक्ष्मी बिक, नेपाली कांग्रेसका डिलाराम पोख्रेल, उमालेका दिनेसकुमार भारद्धाज, नँयाशक्तिका माधबराज पोख्र्रेल, स्वास्थ्य चौकी इन्चार्ज पिताम्वर पोख्रेल, विद्यालयका प्रधनाध्यापक पुस्करनाथ पोख्रेल, तुल्सीराम पराजुली, बिष्णुभक्त पोख्रेल, लगायतले मन्तब्य राख्दै पणेनालाइ सरसफाइमा नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
पाणिनि गाँउपालिकाका १,३,४र ५ वडामा फण्डबोर्डको आर्थिक सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरिरहेको छ ।