शोभाखर पन्थी
डिभर्ना, अर्घाखाँची कार्तिक ३० । अर्घाखाँची जिल्लाको प्रदेश सभा क्षेत्र नं. १ मा संयुक्त वाम गठवन्धनले चुनावी प्रचार प्रसारलाई तीव्र पारेको छ ।
गठवन्धले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ता सम्मिलित वाम गठवन्धनको वार्ड वार्डमा कमिटी गठन गर्नुका साथै उपसमितिको निर्माण गरि प्रचारको कामलाई टोल टोल र वस्ती बस्तीमा पु-याएका छन् । गठवन्धको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभाका उम्मेद्वार टोपबहादुर रायमाझी नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभाका उम्मेद्वार चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का नेतृत्वको अगुवा नेता सम्मिलित टोली चुनावी सभा गर्दै क्षेत्र व्यापी रुपमा खटेको छ । केहि केन्द्र र दोस्रो तहका नेताहरु तल्लो तह सम्म वाम गठवन्धन निर्माण गर्नुका साथै गठवन्धन भित्रका कार्यकर्ता सुभेच्छुक र समर्थकहरु लाई प्रशिक्षित गर्दै भावनात्मक एकता र चुनावी माहोल सिर्जनामा व्यस्त छन् ।
नेताहरुले राष्ट्रिय स्वाधीनता, स्थायी सरकार, दिगो शान्ति र सिङ्गो मुलुको समृद्धिका लागि तिता मिठा कुराहरु लाई बिर्सीउर एकता वद्ध हुन सबै पक्षलाई आग्रह गरेका छन् । विपक्षी दलहरुले चुनाव हार्ने डरले कार्यकर्ताहरुलाई दीग्भ्रमित पार्ने हेतुले गलत प्रचार बाजी गरेको बताउँदै, भ्रमित कुराहरुको गाउँ टोलबाटै डटेरै भण्डाफोर गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
यसैबीच वाम गठवन्धले आज सन्धिखर्क नगरपालिका अन्तर्गत डिभर्ना र वाङ्गलाका विभिन्न टोलहरुमा पुगी चुनावी सभा तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका नेता तथा संयुक्त वाम गठवन्धन कोतर्फ बाट अर्घाखाँची जिल्ला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोपबहादुर रायमाझीले नेपाली कांग्रेसको सर्वसत्तावादी नीति र अलोकतान्त्रिक चरित्र मुलुलका निम्ति वाधक रहेको बताउनु भयो । उहाँले नेपाली जनताको चाहाना अनुसार को संविधान निर्माण गरेका कम्युनिष्ट पार्टी संविधानको कार्यान्वय र रक्षाको निम्ति एकता बद्ध भएको वाम गठवन्धन माथी अनर्गल प्रचार वाजी तथा गाली गलौज गरि नेपाली कांग्रेसले ठूलो गल्ती गरेको आरोप लगाउनु भयो । मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक ,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि दृढताका साथ अघि वढ्नुको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै संयुक्त वाम गठवन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नंं. १ का उम्मेद्वार चेतनारायण आचार्यले जिल्लामा शिक्षा, स्वास्थ्य, यातयात ,सञ्चार, खानेपानी, विद्युत लागयतका पूर्वाधार निर्माणका लागि वाम गठवन्धलाई विजयी गराउन आग्रह गर्नु भयो । आचार्यले नेपाली कांग्रेसले मुलुकमा लामो समय समय साशन सत्ता सञ्चालन गरेको भएपनि जनपक्षिय काम गर्न नसकेको भन्दै निर्वाचन पछि बन्ने वामपन्थी गठवन्धनको सरकारले युवा स्वरोजगार, सामाजिकन्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि सारी जनताको जीवनस्तर माथि उठाउने दावी गर्नु भयो ।
कार्यक्रममा स्थानीय नेताहरु धुव्र आचार्य, शिव प्रसाद अधिकारी ,सुरेन्द्र अधिकारी ,वालकृष्ण आचार्य, प्रेस चौचारीका सदस्य वसन्त श्रेष्ठ छापेली लगायतका वक्ताहरुले समेत मन्तव्य राख्दै गाउँको विकास र जनताको जीवनस्तर माथि उठाउनका लागि वाम गठवन्धका उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्र तथा जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो । वाम गठवन्धनले भोली १ गते अर्घा र किमडाँडामा चुनावी सभा तथा भेटघान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार वि.क. किशोरले बताउनु भयो ।