गोपाल प्रसाद भुसाल
बामरुक, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आसन्न मंसिर २१ गते हुने निर्बाचनको प्रचार-प्रसारलाई तिब्र पारेको छ ।
जिल्लाका नेतृत्वहरुलाई दुइवटा टोलीमा बिभाजन गरि चुनाबी कार्यक्रम गर्दै हिडेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पहिलो टोलीले आज मालारानीको बामरुक,खन र खनदहमा चुनाबी भेला सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,नेताहरु कृष्ण के.सी.,पशुपति ढकाल,कल्पना पोख्रेल,गिरि आचार्य,डिल बहादुर खत्री र बिर बहादुर कुंवरले भेलालाई सम्बोधन गर्दै बिभिन्न बिपत्तिमा परि खुला आकाश मुनि जिवन काटेका जनतालाई त्रिपाल बांड्दा समेत कमिशन खानेहरुले निर्बाचनको समयमा दिएका गुलिया बचन सुन्दा आफुहरुलाई आश्चर्य लागेको बताउंदै राष्ट्रवादी शक्ति र विकासप्रेमी उम्मेद्धारलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
मान बहादुर खनालको अध्यक्षता,रेसम खत्रीको स्वागत मन्तव्य र नेत्र बहादुर खत्रीको संचालनमा सम्पन्न भएको भेलाले डिल बहादुर खत्री संयोजक रहेको ९ सदस्यिय निर्बाचन परिचालन समिति,खिमानन्द मरासिनी संयोजक रेहको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र मान बहादुर खनाल संयोजक रहेको ८१ सदस्यिय निर्बाचन प्रचार–प्रसाार समिति हंशपुर बामरुकको गठन गरेको छ भने खन र खनदहमा सम्पन्न भएको भेलाले हरी नेपालीको संयोजकत्वमा ५ सदस्यिय निर्बाचन परिचालन समिति,कृष्ण सुनारको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र झबिन्द्र खड्काको संयोजकत्वमा ५१ सदस्यिय निर्बाचन प्रचार–प्रसार समितिको गठन गरेको छ ।
यता राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ को संयुक्त अगुवा कार्यकर्ता भेला मसाल बजारमा सम्पन्न गरेको छ । कृष्ण खनालको अध्यक्षता,दुर्गा प्रसाद खनालको स्वागत मन्तव्य र जिवनारायण खनालको संचालनमा सम्पन्न भएको भेलालाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चा ५ नम्बर प्रदेश सदस्य शेर बहादुर बि.सी. र प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापाले संसदिय ब्यबस्थालाई प्रमुख मान्ने दलहरुको भ्रमपूर्ण चलखेलले गर्दा देश भ्रष्टचार र बेरोजगारको खाडलमा पसेको आरोप लगाउंदै अबका चुनाबमा त्यस्ता दलहरुलाई जनताले ठेगान लगाउने चेतावनी दिनुभएको छ ।उहांहरुले संबिधान निर्माण पछि देश शान्ति र समृद्धितर्फ अगाडि बढ्नुपर्ने भएपनि सत्तामा शक्तिको दुरुपयोग गर्दै दलगत स्वार्थमा लाग्नेहरुको हावी भएकोले मुलुक झन अन्धकार तर्फ गएको जिकिर गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका नेताहरु गोपाल पौडेल, प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला राना,मिना बि.सी.,समानुपातिक केन्द्रिय उम्मेद्धार उषा पुन,गोविन्द बि.सी. र कमल प्रसाद घिमिरेको आतिथ्यता रहेको भेलाले जिवनारायण खनालको संयोजकत्वमा ११ सदस्यिय निर्बाचन परिचालन समिति,कमल प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र दुर्गा प्रसाद खनालको संयोजकत्वमा १ सय ५५ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराइले जानकारी दिनुभएको छ ।