युवराज थापा
धरमपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १० बिधुत प्राधिकरण कार्यलय देखि २-३ सय मिटर नजिकै उतरमा पर्ने बर्धवास क्षेत्रमा बजार क्षेत्रबाट पाडा, रागा भैंसीहरु काटेका हड्डी खुट्टाहरु तथा विभिन्न पाडा भैंसी , रागाका फोहोर चिजहरु बोरामा राखी बाइकको माध्यमबाट बर्धवास क्षेत्रमा फालिने गरेको पाइएको छ ।
पटक पट्क सन्धिखर्क नगरपालिका वार्ड न -१० को मालिका टोलसुधाको समितिले वडा कार्यलयमा जानाकारी गराउदा पनि अहिलेसम्म त्यो दुर्गन्धित क्षेत्र बर्धवासमा केही सुधार देखिएको छैन ।
बाइकमा या पैदल हिडेर बजार घाट गर्दा तेस क्षेत्रमा नाक छोपेर हिड्नुपर्ने बाध्यता छ दिनहु ती हड्डी र खुट्टाको लागि कुकुर कागहरुको भिडभाड लाग्ने गर्दछ।
स्थानीयबासीको भनाइ अनुसार सन्धिखर्क नगरपालिका वार्ड न -१० मा रहेको मालिका टोलसुधार समितिले पटक पटक वडा कार्यालयमा गए यस बिषयमा जानकारी त गराइसकेका छौ तर वडा कार्यलयले सन्धिखर्क नगरपालिका र नगर प्रमुखलाई येस बिषयमा जनाकारी गराउनु भयो भयेन हामिले केही थाहा पाउन सकिरहेका छैनौ बर्धवास क्षेत्रमा अहिले पनि तेतिकै दुर्गन्धित देखिन्छ बजार घर गर्दा सारै गनाउने गर्ने गर्दछ आखिर येस्तो दुर्गन्धित समस्या कहिले सम्म हामी स्थानीय बासिले खेप्नु पर्ने भन्दै गुनासो गर्ने गर्दछ्न ।
यस्तो किसिमका दुर्गन्धले हामिहरुको स्वच्छ बाताबरण मा अनुकुल असर पार्ने र विभिन्न किसिममा रोगहरु ल्याउने भयेको हुदा संबंधित सरोकारवालाको येस प्रती ध्यान जावोस यो क्षेत्र सन्धिखर्क बजार देखि ५०० मिटर उत्तरमा पर्दछ । किन अहिलेसम्म नगरपालिकाको येस प्रती ध्यान गयेन पटक पटक स्थानीयहरुले वडा कार्यालयमा येसको रोकथाम र येस क्षेत्रलाई दुर्गन्धित क्षेत्रमुक्त गराउन माग गर्दा पनि किन वडा कार्ययले येस प्रती चासो दिएन भन्दै स्थानीय हरु दुखित भयेका छन ।
स्थानीयहरुको भनाइ अनुसार दिनहु बोरामा बाधेर बोराका बोरा त्यो क्षेत्रमा फालिने गरिन्छ येस बिषयमा कसैको चासो र ध्यान अहिले सम्म गयेन कुनै दिन मान्छे मारेर येसरी नै बोरामा लियेर येस क्षेत्रमा फाले आखिर कुकुर र कागले नै खाने स्थानीय बताउछ्न ।
जति सक्दो चाडो वाड कार्यालय, नगरपालिका र सरोकारवालाको यस बिषय प्रती ध्यान जावोस छिट्टै नै दुर्घन्ध मुक्त क्षेत्र बनोस भन्दै मालिका टोलसुधार समितीका पदाधिकारी बताउनु हुन्छ।