अर्घाखाँचीमा प्रदेश क्षेत्र नम्बर १ को चुनाव जित्न बिष्णु खनाल मुस्कानले गरे यस्तो प्रतिबद्धता

रन्जित धमला
सन्धिखर्क, अर्घाखाँची ।  प्रतिनिधि सभा र प्रदेश सभाको चनावी महालको सरगर्मी बढेको छ । यो निर्वाचनले संविधान कार्यान्वय र लोकतन्त्रको संरक्षण सहित मुलुक सम्वृद्ध हुनेछन् । चुनाव प्रचार/प्रसार र आ-आफ्नो पक्षमा मत तान्नको लागि राजनीतिकदलहरु जनताको घर दैलोमा व्यस्त छन् । यतिखेर अर्घाखाँचीमा पनि चुनावी रौनक निकै तातेकोछ ।
विष्णु प्रसाद खनाल (मुस्कान) नेपाल विद्यार्थी संघको नेतृत्व गर्दै काँग्रेसको जिल्ला सभापतिको जिम्मेवारी समालेका छन् । उनी प्रदेश नं.५ क्षेत्र १ (क) का प्रदेश सभाका उमेद्वार हुन् । उनी जिल्लामा अति सहयोगी, मिलनसार र प्रष्ट वक्ताको रुपमा परिचित छन् । जनताको लागि जस्तोसुकै संर्घष गर्न पनि उनी पछि पर्दैनन् ।
उनी सात दशक लामो नेपालको कठिन लोकतान्त्रिक संघर्ष-यात्रामा देशका थुप्रै होनहानर सन्ततिले जीवन अर्पण गरेको स्मरण गदै उनले कठिन संघर्ष यात्रामा हजारौं योद्धाहरुको घर परिवार भत्किएको छ, थुप्रै साथीहरुले जेल, नेल र निर्वासनको पीडा भोग्नु परेको बताए ।
हाम्रो सामाजिक विविधतालाई समेट्न र सबैको सहभागिता सुनिश्चितगर्न लोकतन्त्रले मात्र सक्छ । लोकतान्त्रिक पद्धति भित्र समाजमा विद्यमान राजनीतिक, आर्थिक एवं सामाजिक विभेदहरु अन्त्यगर्ने महत्वपूर्ण साधननिर्वाचन नै हो । लोकतन्त्रलाईसबल र संस्थागत गर्ने अभूतपूर्व अवसर हामी समक्ष आएको छ ।
नेपाली काँग्रेस इतिहासका कठिन परीक्षाहरु उत्तीर्ण गदैै आएको पार्टी हो । राणाविरुद्धको कठिन संघर्ष, पञ्चायती कालरात्रीविरुद्ध लामो लडाई र निरंकुश राजतन्त्रविरुद्धको आन्दोलन, संविधान सभाको निर्वाचन, संविधान जारी लगायत सबै लोकतान्त्रिक उपलब्धिहरु कांग्रेसले नै नेतृत्व गर्दै आएकोछ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र ऐतिहासिक निर्वाचनको सम्मुखमा हामी छौं । यो घडीमा लोकतन्त्रको विरुद्ध विभिन्न नाम र रुपका अतिवादले फेरि मुन्टो उठाउने दुस्प्रयास गरिरहेको छ । यतिबेला सम्पूर्ण विवेकशील नेपालीले छातीमा हात राखेर निर्णय लिनुपर्ने बेला आएको छ । लोकतन्त्रलाई माया गर्ने सम्पूर्ण शक्तिहरु एक हुन आवश्यकछ ।
अर्घाखाँची जिल्लालाई राम्रोसँग पहिचान गर्ने सक्ने, यहाँका प्रत्येक क्षेत्रको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशसँग घुलमिल भएको व्यक्ति हुँ । यहाँहरुको माया, ममता र सद्भावले नै आज म यहाँसम्म पुगेको छु । मेरो कुनै व्यक्तिगत लोभ र लालच छैन । त्यसैले मैले तपाईहरुको सेवामा समर्पित हुनकै लागि सरकारी जागिर छोडेर समाज सेवामा समर्पित भएको छु । त्यसैले यस क्षेत्रको समग्र विकास र उन्नतिका लागि तपाईहरुको साथ र सहयोग प्राप्त गरेर मैले अर्घाखाँचीलाई ५ नम्बर प्रदेशको नमूना जिल्लाबनाउने अभियानको नेतृत्व लिने प्रण गरेको प्रतिवद्धता जनतासमक्ष व्यक्त गरे ।
उनले नेपालको संविधान २०७२ कार्यान्वयन गर्दै देशलाई शान्ति, समृद्धि र विकासतर्फ उन्मुख गराउन, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई स्थापित गर्दै, लोकतन्त्र, मानवअधिकार, आर्थिक समृद्धि, सभ्य र भयमुक्त समाजको निमार्णको बलियो आधारशीला तय गर्न नेपाली काँग्रेसकाबाट मात्र संभव भएकाले जनताले यो विवेक प्रयोग गर्न आग्रह गरे ।
मतदाता समक्ष खनालले गरे यस्तो प्रतिबद्धताः
 पर्यटकीय
अर्घाखाँची जिल्ला भित्रका पर्यटकीय क्षेत्रहरु जालकाँडा, अर्घा भवगतीको मन्दिर, मालारानी मन्दिर घेरालेख, बलकोट पौवा, मथुराबेसी, खनको गुफा, सिद्धेश्वर शिवालय मन्दिर मखात, वाङ्लाको मालिका मन्दिर, छत्र महाराजको मन्दिर, नरसिंहथान बाम्रुक आदि हुन् ।
जालकाँडालाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन आवश्यक पर्ने पूर्वाधारहरु निर्माणका लागि पहल गर्नेछु । जिल्लामा अवस्थित केही प्रतिनिधि मनोरम डाँडाहरुलाई ‘हिल स्टेशन’को रुपमा विकास गर्न सकिन्छ । प्राकृतिकरुपले स्वर्गजस्ता यस्ता डाँडाहरुलाई केवल कार, सडक सञ्जाल र पदमार्गद्वारा जोडी पर्यटकहरुको सहज आवतजावतको व्यवस्था गर्न दत्तचित्त भएर लाग्नेछु ।विकासका पूर्वाधारको सुनिश्चतता गर्दै यहाँका धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको संरक्षण, प्रवद्र्धन र विकासको लागि वैज्ञानिक योजना निर्माण र कार्यान्वयनमा प्रतिवद्ध भएर लाग्नेछु ।
विशेषगरी भारतीय पर्यटकहरुलाई आकर्षित गर्न प्रचारप्रसारका अभियानहरु सञ्चालन गर्नेछु । अर्घा भगवतीको मन्दिर नजिक विमान आवागमनका लागि आवश्यक पुर्वाधार जस्तै धावन मार्ग निर्माण गर्न विशेष पलह गर्नेछु । संसारभरीका खनालहरुको उदगम स्थल खन भएको हुनाले खनालहरुको कुल पुजा गर्ने स्थललाई सम्बद्र्धन तथा आधुनिकीकरण गरी प्रवद्र्धन गर्नेछु ।
ऐतिहासिक धरोहरको रुपमा रहेकोे बलकोट पौवालाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक पहल गर्नेछु । यसैगरी खनको गुफालाई संरक्षण सम्बद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन पहल गर्नेछु । आगन्तुकहरुको सुरक्षा व्यवस्थाका लागि आवश्यक सतर्कता व्यवस्थापन गर्न पहल गर्नेछु ।
मथुराबेसीलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्न पहल गर्नेछु । साथै यस ठाउँलाई आकर्षक वनभोज स्थलमा परिणत गर्न आवश्यक पर्ने पूर्वाधारहरु खडा गर्न पहल गर्नेछु । यहाँमा रहेको विद्यालयलमा संस्कृत भाषाको प्रवद्र्धनका लागि आवश्यक पर्ने आधुनिक पुस्तकालय स्थापना गर्न पहल गर्नेछु ।
स्वास्थ्य
अर्घाखाँची जिल्लामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्दै प्रत्येक स्वास्थ्य चौकीहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा परिणत गर्ने, प्राथमिक स्वास्थ्य चौकीहरुलाई अस्पतालको रुपमा परिणत गर्नेउत्कट चाहना छ । मातृमृत्युदर र बालमृत्युदरलाई न्यूनिकरण गर्नदक्ष स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न पहल गर्नेछु । त्यसैगरी अत्यावश्यक स्थानहरुमा विशेषज्ञ सेवा प्रदान गर्न सक्ने मानवीय र भौतिक पूर्वाधारको व्यवस्था गर्नविशेष पहल गर्नेछु ।अति जटिल प्रकृतिका रोगहरु जस्तै– मृगौला रोगी, मुटु रोगी, क्यान्सरलगायतका रोगहरुको उपचारका लागि नेपाल सरकारबाट उपचारको व्यवस्था मिलाउन जोड दिनेछु । तपाईहरुको घर आँगनमा साक्षात्कारका लागि आउँदै गर्दा यहाँहरुको सुख–दुःखका पलहरुलाई मेरो मानसपटलमा गहिरोसँग सँगालीप्रिय मतदाताहरुको भावना र मर्म बुझेर यहाँहरुकै सन्तुष्टिका लागि पूर्णरुपमा समर्पित हुनेछु ।
सीपमूलक शिक्षाको विकास : समृद्धिको आधार
हामी २१औं शताब्दीमा बाँचिरहेका छौं । विकास र समृद्धिको प्राथमिक आधारशिला भनेको वैज्ञानिक र सीपमुलक शिक्षा नै हो । विश्वका आजका विकसित मुलुकहरु वैज्ञानिक र जीवनपयोगी शिक्षाकै जगमा प्रगतिको शिखर चुमिरहेका छन् । राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलन सकेर मुलुक समृद्धिको यात्रामा निस्किएको सन्दर्भमा हामीले हाम्रो परम्परागत शिक्षा प्रणालीलाई वैज्ञानिक, जीवनपयोगी र सीपमुलक शिक्षा प्रणालीमा रुपान्तरण गर्नैपर्दछ । शिक्षा र स्वास्थ्य संवैधानिकरुपमै नागरिकको मौलिक अधिकारको रुपमा स्थापित भइसकेको सन्दर्भमा शिक्षा र स्वास्थ्य अब राज्यकै दायित्वमा पर्नुपर्दछ । सर्वसुलभ शिक्षा आम नागरिकको पहुँचमा पुर्याउन म हरप्रयास गर्नेछु । मेरो क्षेत्रका हरेक बालबालिका विद्यालय पुगून्, उचित शिक्षादीक्षा हासिल गर्दै भविष्यको बलियो जग बनाउन सकून् भन्नेमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । शिक्षामा लगानी बढाउने, आधारभूत पूर्वाधारहरुको विकास गर्ने र विश्वको उन्नत शिक्षा प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन मेरो भगीरथ प्रयास रहनेछ ।
सुशासन र सदाचार : समन्यायिक समाज निर्माणको आधार
नेपाल आमाको शरीर भ्रष्टाचाररुपी धमिराबाट जर्जर भइरहेको छ । समृद्धिको कुरा गर्दा तगारोको रुपमा भ्रष्टाचार आउँछ । यसर्थ, भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन र सदाचारयुक्त समाज निर्माण अबको हाम्रो प्राथमिकता हुनुपर्दछ । यो अवधारणासँग मस्पष्ट र परिचित छु । पारदर्शिता, विधिको शासन, सदाचार, इमान्दारिता, निष्ठा र त्यागको राज्य र राजनीतिबिना समृद्ध र समन्यायिक समाजको कल्पना पनि गर्न सकिँदैन । यसर्थ, म भ्रष्टाचारविरुद्धको लडाई लड्न र यस्ता अभियानमा सहभागी हुन आम नागरिकलाई अपिल गर्दछु । मेरो विगतले मेरा आगतलाई संकेत गर्दछ । म यहाँहरुले सधैं र सहजतापूर्वक पढ्न सक्ने खुला किताब हुँ । यसर्थ, भ्रष्टाचारविरुद्धको महाभियानमा सक्रियतापूर्वक सहभागी हुँदै यसलाई सफलतासम्म पुर्याउन प्रयत्नरत रहनेछु ।
निर्वाहमुखी कृषिको आधुनिकीकरण र बजारीकरण
कृषि उत्पादनका लागि अर्घाखाँची क्षेत्र उर्वरभूमि हो । राष्ट्रिय अर्थतन्त्रमा कृषिक्षेत्रले ३० प्रतिशत भन्दा बढी योगदान गरिरहेको छ । तर कृषिमा राज्यको लगानी ५ प्रतिशतभन्दा पनि न्यून छ । यसले कृषि र कृषकप्रतिको सरकारी दृष्टिकोणलाई उजागर गर्दछ । यस क्षेत्रमा उत्पादन हुन सक्ने कृषि उपजहरु के–के हुन्, खोजी गर्न विज्ञ समूहको सहयोगमा अध्ययन गरी वैज्ञानिक योजनाको तर्जुमा गर्दै कार्यान्वयनका लागि दृढतापूर्वक लाग्नेछु । मथुराबेसी कृषि क्षेत्रको विकासका लागि उपयुक्त रहेको हुँदा कृषि क्याम्पसको संरक्षण एवं विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्नेछु । जिल्लामा उत्पादन हुने कृषिउपजको न्यूनतम लागत मूल्य निर्धारण, कृषि बिमा कार्यक्रम सञ्चालन, बहुआयामिक रुपमा अनुदान र सहयोग उपलब्ध गराउने र उत्पादनको वैज्ञानिक बजारीकरण गर्न मेरो पूर्ण मेहनत रहनेछ । खासगरी बिषादि प्रयोगलाई न्यूनीकरण गर्दै अर्गानिक उत्पादन र बाह्य निर्यातमा पनि पर्याप्त जोड दिइनेछ ।
मालारानी क्षेत्रलाई सुन्तला र कागजीको पकेट क्षेत्रको रुपमा घोषणा गरी व्यावसायिक कृषितर्फ जोड दिनेछु । साथै छत्रदेव र भूमिकास्थान क्षेत्रमा कफी खेती, मौरी पालन र दूध व्यावसायको पकेट क्षेत्रको रुपमा घोषणा गरी व्यावसायिक खेती प्रणाली अवलम्बन गर्ने व्यवस्था मिलाउने छु ।
युवा रोजगारी
रोजगारीको खोजीमा जिल्लाबाट हजारौंको संख्यामा युवाहरुविदेशिन बाध्य भएका छन् । तथ्यांकहरुका अनुसार तीमध्ये तीन चौथाई युवा अदक्ष जनशक्तिको रुपमा सस्तोमा श्रम बेच्न बाध्य छन् ।म अधिकतम्रुपमा युवाहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था गर्न मेरो क्षमताले भ्याएसम्म क्रियाशील रहनेछु । स्थानीयरुपमा स्वरोजगार परियोजनाहरु सञ्चालन गर्न विज्ञहरुसँगको सल्लाह र सरोकारवाला निकायहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु अगाडि बढाउनेछु । तत्कालका लागि नेपाली युवालाई सीप, सटिफिकेट र सुरक्षासहित स्वदेशभित्रको रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउने योजना सहित युवा साथीहरुबीच आएको छु ।
संस्कृतिको संरक्षण र सम्बद्र्धन
जिल्लामा चलन र चल्तीमा रहेका रीतिरिवाज, चाँडपर्व जस्ता विभिन्न सास्कृतिक पहिचानहरुलाई संरक्षण र सम्बद्र्धन गर्दै लैजाने छु ।
खेलकुदको संरक्षण र विकास
शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न युवाहरुलाई खेलकुदमा आकर्षण गर्ने योजना बनाउने छु । स्थानीय स्तरका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दै जिल्लाको सान बढाउनका लागि खेलकुद विज्ञहरुको समन्वयमा खेलमैदान, युवा क्लब तथा विचरण पार्कहरु स्थापना गर्ने योजना सहित युवा साथीहरुबीच आएको छु ।
सुन्दर सञ्जालसहित सडक सभ्यता
अर्घाखाँची जिल्लाको क्षेत्र नम्बर १ का प्रत्येक नगरपालिका र गाउँपालिकामा कच्ची मोटरबाटो पुगेको छ । त्यसैले त्यस्ता सडकलाई सुरक्षित र सुन्दर सञ्जालसहितको सडक सभ्यताको विकास मेरो सपना हो । त्यस्ता सडकहरुलाई प्रत्येक वडा कार्यालयहरुसँग जोड्दै मुख्य सडकहरुलाई क्रमशः ग्राभेलिङ र कालोपत्रे गर्ने योजना बनाएको छु । गोखुंगा, ढाकावाङ, असुरकोट सडकको ट्र्याक खोल्ने, एउटा वडादेखि अर्को वडा जोड्न बाँकी रहेका स्थानहरुमा नयाँट्र्याक खोल्दै सडक सञ्जालमा जोड्ने प्रतिवद्धता गर्दछु ।
सामाजिक रुपान्तरणमा सूचना प्रविधि
हाम्रा डाँडाहरु अभिशाप मात्र होइनन्, बरदान पनि हुन् । त्यसैले त्यस्ता डाडाँहरुमा सूचना महामार्ग (इन्टरनेट) मा जोड्न वाईफाई सुविधाको प्रवन्ध गर्दै मेरो क्षेत्रलाई विश्वसँग जोड्न अधिकतम प्रयास गर्नेछु ।
मैले निर्वाह गरिरहेको राजनीतिक र सामाजिक भूमिकाका सम्बन्धमा सबै आमाबुबा, दाजुभाइ दिदीबहीनीहरु जानकार नै हुनुहुन्छ । अर्घाखाँची जिल्लाको समुन्नत विकास र समृद्धिका लागिसार्वजनिक पदमा नरहेर पनिसमग्र विकास प्रक्रियामा सक्रिय हुँदै आएको छु । तपाईहरुको दुःखसुखका प्रत्येक पलमा सहभागी हुँदै आएको छु । मैले यस क्षेत्रका नागरिकको समस्यालाई जुनसुकै अवस्थामा पनि समाधान गर्ने प्रयास गरेको छु । तपाईहरुको सुखमा रमाउने अवसरहरु पनि प्राप्त गरिरहेकै छु । यहाँहरुकै स्नेह र ममतामा २५ वर्षअघिदेखि नै सामाजिक सेवामा आफूलाई समर्पण गर्दै आएको छु । यसैले गर्दा म अझै पनि तपाईहरुको सेवामा सहभागि हुने अवसर खोजी रहेको छु । तपाईहरुकै योजना, मार्ग निर्देशन र भावनाबमोजिम आफ्ना पाइलाहरु अगाडि बढाउने छु । यहाँहरुको छत्रछायाँमा रमाउनेचाहना राख्दै उपस्थित भएको व्यक्ति नै विष्णु मुस्कान हो । त्यसैले तपाईहरुको अतुलनीय सहयोग, अमूल्य मत मैले प्राप्त गर्ने छु भन्नेमा म विश्वस्त छु ।
म सामान्य किसान परिवारको छोरा जसले दुरदराजमा बसेर आफूलाई जनताको सेवामा समर्पित गर्दै आएको छु । नेपाली राजनीति, पद र पैसामा मात्र प्रभावित हुनुहुँदैन,नेपाली राजनीतिमा फैलिएको धन र डनको विकृति चिर्नु अहिलेको आवश्यकता हो । त्यसैले जनताको सेवामा निरन्तर समर्पित भई उच्च नैतिकता, सादगीपूर्ण जीवनलाई आफ्नो आर्दश मानी यसक्षेत्रका हरेक क्रियाकलापमा संलग्न हुँदै आएको छु । यस क्षेत्रका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु सबैले दलीय स्वार्थभन्दा माथि उठीरुख चिन्हमा मतदान गरी मलाई विजयी बनाउनु हुन हार्दिक अपिल गर्दछु ।

अन्य समाचारहरु