अर्घाखाँचीडट्कम संवाददाता
अर्घाखाँची, पाणिनी । अर्घाखाँचीको पाणिनी गाउँपालिका वार्ड नं ६ धातिवाङ्ग मा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति, अनुगमन समिति र कार्य दल लगायतका सराेकारवालाहरूले अाज पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जारी गरेका छन् ।
वडा अध्यक्ष एवं समन्वय समितिका अध्यक्ष शुभ बहादुर सारू थापाकाे अध्यक्षता, सहायक सचिव ईन्द्रमणि पाैडेलकाे सञ्चालन, प्रमुख अतिथि यु एन हेविटाटका जिल्ला संयाेजक विष्णु दवाडी र विशेष अतिथि प्रकाश सचेतन समुहका वास अफिसर श्याम सुन्दर ढुंगानाकाे सहजीकरणमा सञ्चालित पुर्ण सरसफाइसम्बन्धी सचेतीकरण तालिमको अन्त्यमा सहभागीहरूले प्रतिबद्धता जाहेर गरेका हुन् ।
कार्यक्रममा अमृता पाैडेलले स्वागत मन्तब्य, पुर्व गाविस अध्यक्ष मणिराम पाैडेल र शिक्षक मेघनाथ पाैडेलले तालिमकाे सम्बन्धमा मन्तव्य राख्दै तालिममा सिकेका ज्ञानलाई ध्यान दिई व्यवहारमा उतार्दै यही धर्तीलाई सफा स्वच्छ र सुन्दर बनाउन सबै लाग्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।
तालिम शुभारम्म र समापन कार्यक्रममा अध्यक्ष शुभ बहादुर सारू थापाले पुर्ण सरसफाइ अभियानकाे महत्व र समितिकाे भुमिका सम्बन्धमा अाफ्ना भनाइहरू राख्दै कार्यक्रम सहजीकरण गर्ने संस्था प्राग र सहयाेगी निकाय यु एन हेविटाटलाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
तालिममा ३५ जनाकाे उपस्थिति रहेकाे थियाे । तालिम वडा कार्यालयमा सञ्चालन गरिएको थियाे । वार्ड वास सिसिकाे अायाेजना र प्रागकाे सहजीकरण सहयाेगमा सञ्चालन भएको हाे ।