खनमा शिक्षक संगठनको भेला सम्पन्न

शोभाखर पन्थी 
खन, अर्घाखाँची मंसिर-१ । नेपाल राष्ट्रिय शिक्षक संगठन मालारानी वार्ड नं. ४ खनको भेला सम्पन्न भएको छ । 
भेलामा मन्तव्य राख्ने वक्ताहरुले शिक्षकको हकहित र अधिकारको निम्ति एकजुट भएर अगाडी बढ्ने बताए । राज्यले शिक्षकहरुसँग पटक-पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा वक्ताहरुको जोड थियो । 
यसरी मन्तव्य राख्नेहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठन मालारानी गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद मिश्र, कालिका नेरा मा.वि. खनका प्रधानाध्यापक भुवन खनाल, मुनाल खड्का लगायत हुनुहुन्थ्यो । 
भेलाले बावुराम विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय वार्ड समितिको चयन गरेको छ ।

अन्य समाचारहरु