अर्घाखाँचीडट्कम संवादाता
फुदवाङ, अर्घाखाँची । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्बाचनको प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पहिलो चरणको अगुवा कार्यकर्ता भेलाको कार्यक्रमलाई दुईवटा टोलीद्धारा तिब्र पारिएको छ ।
जस अन्तरगत राष्ट्रिय जनमोर्चाको एउटा टोलीले आज सन्धिखर्क ७ को भेला फुदवाङमा सम्पन्न गरेको छ ।पिताम्बर भट्टराईको अध्यक्षता, पुन बहादुर नेपालीको स्वागत मन्तव्य र मेहरसिंह के.सी.को संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर दुइका उम्मेद्धार झबिलाल थापा र समानुपातिक उम्मेद्धार सकुन्तला राना,मिना बि.सी.,दिलदार हुसेन र नेता गोपाल पौडेलले मन्तव्य राख्दै सत्ताशिन दलहरुले भारतको इशारामा कानुन संचालन गर्न खोज्दा राष्ट्रियता र नेपालीको भबिष्य समेत अन्धकार बन्दै गएकोले अबका चुनाबमा जनहित बिपरित लाग्ने शक्तिहरुलाई जनताले ठेगान लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
भेलाले पिताम्बर भट्टराईको संयोजकत्वमा ११ सदस्यिय निर्बाचन परिचालन समिति, नारायण क्षेत्रीको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र मेहरसिंह के.सी.को संयोजकत्वमा १ सय १ सदस्यिय निर्बाचन प्रचार–प्रसार समिति खांचिकोटको गठन गरेको छ ।