धातिवाङ्गमा पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जाहेर

अर्घाखाँचीडट्कम संवादाता 
धातिवाङ्ग, अर्घाखाँची ।  खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको अर्घाखाँची जिल्लाका गाउं-गाउंमा सरसफाई र स्वच्छता सम्बन्धि कार्यक्रमले तिब्रता पाउन थालेका छन् । सन् २०२० सम्ममा अर्घाखाँचीलाई पूर्ण सरसफाइंयुक्त जिल्ला घोषणा गर्ने महान अभियान अन्तरगत जिल्लाका गाउं-गाउंमा सरसफाई अभियानले तिब्रता पाउन थालेका हुन् । 
जस अन्तरगत पाणिनि गाउँपालिका वडा नं ६ धातिवाङ्गले आज पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जाहेर गरेका छन् । 
वार्ड स्तरिय सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष तथा वार्ड नम्बर ६ का वडा अध्यक्ष शुभ बहादुर सारू थापाको अध्यक्षता,सहायक सचिव ईन्द्रमणि पौडेलको सञ्चालन र यु एन हेविटाटका जिल्ला संयोजक विष्णु दवाडी,प्रकाश सचेतन समुहका वास अफिसर श्याम सुन्दर  ढुंगानाको बिशेष उपस्थितिमा सम्पन्न भएको पूर्ण सरसफाई सम्बन्धि अभिमुखिकरण गोष्ठीका सहभागीहरूले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । 
कार्यक्रमका सहभागिले स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो सम्पति भएको र स्वस्थ जिवन यापनको निम्ती पूर्ण सरसफाई पहिलो सुचक भएको भन्दै आफ्नो वार्डलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गर्ने अभियानमा ऐक्यबद्धता जनाउंदै  ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पूर्ण सरसफाई महाअभियान कार्यक्रम अर्घाखाँचीमा जिलला स्तरिय सरसफाई स्वच्छता समन्वय समितिको मातहतमा रहि यु एन ह्याबिटेट,प्राग सचेतन लगायतका सस्थाहरुले संचालन गर्दै आएका छन् । यो खबर पत्रकार गोपाल प्रसाद भट्टराईले पठाउनुभएको छ ।

अन्य समाचारहरु