घनश्याम पौडेल
चिदिका, अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदसय पुर्ब मन्त्री मान बहादुर बिश्वककर्माले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भएको छ ।
उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउदै आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा १ ले छत्रदेप गाउँपालिकाको चिदिकाको कमल पोखरी र कुवरका चौरमा आयोजना गरेको चुनाविसभालाई सम्बोधन गदै नेता बिश्वकर्माले अर्घाखाँचीलाई कांग्रेसले पाँच बर्षमा देशकै नमुना जिल्ला बनाउने बताउनु भयो ।
त्यस्तै कांग्रेस नेता रेवती प्रसाद भुसाले जिल्लाको बिकासको लागि नेपाली कांग्रेस सधै अर्गपतिमा रहेको बताउनु भएको छ । उहाले छत्रदेवमा देखिएको खानेपानी समस्या समाधान गर्नको लागि पहल गरिरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । उहाले वाम गठबन्धनले कांग्रेसलाइ झन बढि फाइदा भएको बताउदै कम्युनिस्टहरु धरासयी हुने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति कमल प्रसाद भुसाल जिल्ला सचिव बिष्णु भुसाल, महासमिति सदस्य केसब श्रेष्ठ, क्षेत्रीय सभापति केसवराज कुवर, महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, तारा श्रेष्ठ, चन्द्रमान श्रेष्ठ छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, ६ नम्वर वडा अध्यक्ष कमल पौडेल, नेपाली कांग्रेसका जिल्ला पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का वार्ड २ का वडा अध्यक्ष राजेश पन्थि , बिष्णु क्षेत्री क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल , सदस्य कविराम पन्थी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम छत्रदेव गाउपालिका वार्ड १ वाडा अध्यक्ष प्रकाशराज पन्थिको अध्यक्षतामा सम्पन्न भएको हो ।
त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले पटौटीको जाउनेपाटा र पटौटीमा , भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले क्षेत्र नम्बर २ को विकासका लागी आफुले कसैलाई काखा र पाखा नमानी बिकास गर्ने बताउनु भएको छ , उहाले कांग्रेसले अरु पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउने भयो ।
क्षेत्रीय सभापती तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनिको विकासका लागी नेपाली कांग्रेसले बिशेष योजना ल्याउन लागेको बताउनु भयो ।
कार्यक्रममा पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यप, शान्ता भण्डारी , महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल, संगिता बेल्बासे , मैदान सभापति शालीकराम घिमिरे, तरुणदलका जिल्ला अध्यक्ष नारायण खड्का अजुन पोख्ररेल वडा अध्यक्षहरु थानेस्वर घिमिरे, लगाएतले देशलाई आर्थिक क्रान्तीको माध्यमबाट देसलाइ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भएको थियो ।