अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आगामी मंसिर २१ गते हुन गईरहेको प्रत्क्षय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केही साना दलका उम्मेदवारको धरौटी समेत जफत हुने भएको छ ।
आगामी चुनावमा प्रत्क्षय प्रतिस्पर्दा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नयाँ शक्ति पार्टी, एकीकृत रा. प्र. पा. राष्ट्रवादी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी र रबिन्द्र मिश्रको फेसबूके पार्टी बिबेकशिल साझा पार्टी लगायत स्वतन्त्रका उम्मेदवारहरुको धरौटी जफत हुने भएको हो ।
अर्घाखाँचीडट्कमले जिल्लाका सन्धिखर्क, भूमिकास्थान, शितगंगा नगरपालिका र पाणिनी, छत्रदेब र मालारानी गाउँपालिकाका विभिन्न समुहमा गरेको सर्वेक्षण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय सम्म भोट्, नेकपा मालेले ३०० सय भोट्, नयाँ शक्ति नेपाल पार्टी ८०० सय भोट्, एकीकृत रा. प्र. पा. राष्ट्रवादी ५० भोट्, मंगोल नेशनल अर्गनाइजेसन २५ सम्म भोट्, नेपाल मजदुर किसान पार्टीले २० भोट्, बिबेकशिल साझा पार्टी बढीमा ५०० सम्म भोट् ल्याउन सक्ने छन् । यस्तै प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार डिल्लीराज भुसालले ३५ भोट् ल्याउन सक्ने छन् ।
अर्घाखाँची जिल्लामा कार्त्तिक १९, आइतवार निर्वाचन आयोगले गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन अनुसार प्रतिनिधि सभामा धरौटी जफत हुनेमा छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल ), भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी), बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी ), बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन ), डिल्लीराज भुसाल ( स्वतन्त्र ) रहेका छन् ।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ बाट गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी ), दिपक कुँवर ( राष्ट्रिय प्रजातन्त्र पार्टी ) र हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी ) को धरौटी जफत हुनेछ ।
साथै प्रदेश सभा क्षेत्र नम्बर-२ बाट बिना सुनार (नेकपा माले ), अम्मर बहादुर थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी ), गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी ) र टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल ) को धरौटी जफत हुनेछ ।
प्रतिनिधि सभा निर्वाचिन प्रणाली अन्तर्गत उम्मेदवार बन्न १० हजार रुपैयाँ र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलले ५० हजार रुपैयाँ धरौटी राखेका छन् ।
त्यसैगरी प्रदेश सभाको निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार हुन ५ हजार रुपैयाँ र समानुपातिक प्रणाली अन्तर्गत सहभागी हुने दलले २५ हजार रुपैयाँ धरौटी राखेका छन् ।
महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारले धरौटीमा ५० प्रतिशत छुट पाएका छन् ।
कूल सदर मतको १० प्रतिशत मत नपाएमा त्यस्तो उम्मेदवार वा दलको धरौटी जफत हुनेछ।
अर्घाखाँचीमा मतदाता संख्या १,३८,३२७ जना
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २७ जनाले मतदान गर्न पाउँने भएका छन् । एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् । जिल्लामा स्थानिय तहको निर्वाचन पछि मतदाता बाहृ हजार नयाँ मतदाता थपिएका छन् ।
अर्घाखाँचीमा मंसिर २१ गते हुने निर्वाचनको समय तालिका
अर्घाखाँची जिल्लाकाका सन्धिखर्क, भूमिकास्थान, शितगंगा नगरपालिका र पाणिनी, छत्रदेब, मालारानी गाउँपालिकाका बिभिन्न मतदानकेन्द्रको तयारी अन्तिम चरणमा पुगेको छ ।
यस्तै जिल्लाभर आगामी मंसिर २१ गते, बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।
जिल्लामा निर्वाचन क्षेत्र निर्धारण
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:-
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका