प्रेम नारायण आचार्य / बसन्त आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१ मा रहेको गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कको अयोजनामा अभिभावकहरुको एक दिने अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ । आजै देखि मन्टेस्वरी तालिम पनि सुरु भएको छ ।
एक दिने अभिमुखीकरण तथा मन्टेस्वरी तालिमको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले पानसमा दिप प्रज्वलन गरेर तथा सरस्वतीको फोटोमा टिका र माल्यार्पण गरेर उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत, सिटीएफ नेपालका विनोद कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद खनाल लगायतले मन्तब्य राख्दै विद्यालयले गरेको प्रगतिको सुभकामना दिनु भएको थियो ।
विद्यालयको हाल सम्मको प्रगति तथा हालको अबस्थाको बारेमा विद्यालयका प्रधनाध्यापक गणेश क्षेत्रीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका विद्यालय निरिक्षक, माधब बन्जाडे, सल्लाहकार लक्ष्मण पोख्रेल, विद्यालयका सहायक प्रधनाध्यापक केसवराज भुसाल, शिक्षक अभिभावक संघका शेसकान्त घिमिरे, सुकदेव वेल्वासे, माधव श्रेष्ठ, पुस्पा भुसाल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भेसबहादुर विसीको अध्यक्षता र शिक्षक शिब बेल्बासेको सञ्चालनमा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रमको सिटीएफ नेपालका विनोद कार्की, असोक सुवेदी र दुर्गा चालिसेले सहजीकरण गर्नु भएको थियो ।