अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । आसन्न निर्बाचनमा उठेका राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका उम्मेद्धारहरुले स्थानिय आबश्यकता र समस्या समाधान गर्दै सामाजिक समृद्धिको काम गर्न आफुहरुको उम्मेद्धारी रहेको हुनाले तत्काल गर्न र हुनै नसक्ने झुटा आस्वासन नबांड्ने जिकिर गर्नुभएको छ ।
मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्बाचनको प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज भुमिकास्थान ७ नुवाकोटमा सम्पन्न गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहांहरुले यस्तो बताउनुभएको हो ।
भेलाले जग बहादुर थापाको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन परिचालन समिति,राम बहादुर रायमाझीको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र टान बहादुर घर्तिको संयोजकत्वमा १ सय १ सदस्यिय निर्बाचन प्रचार–प्रसार समिति भुमिकास्थान ७ को गठन गरेको छ । जग बहादुर थापाको अध्यक्षता,तुल्सी आचार्यको स्वागत मन्तव्य र राम बहादुर रायमाझीको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चाका नेताहरु यमलाल पोख्रेल,प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना,गोपाल पौडेल,बाबुराम सुनार,कुलराज खनाल र गोविन्द बि.सी.ले मन्तव्य राख्दै जनताले कुन दल र नेताको चुनाबी भाषण भन्दापनि उसको ब्यबहार चिनेर भोट दिनुपर्ने अहिलेको आबस्यक्ता भएको बताउनुभयो ।
यस्तै राष्ट्रिय जनमोर्चा चुनाबी प्रचारको अर्को टोलीले आजै मालारानी ५ बांगी र मालारानी ९ गोखुङ्गामा अगुवा कार्यक्रता भेला सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,नेता कृष्ण के.सी.,पशुपति ढकाल,कमल प्रसाद घिमिरे,५ नम्बर प्रदेशसभा समानुपातिक उम्मेद्धार कविराम खनाल,नरेन्द्र बहादुर थापा,बिर बहादुर कुंवर,देव बहादुर के.सी.,डिल बहादुर खत्री,ठाकुर पन्थी,ढुन्डीराज खनाल र जुद्ध बहादुर कुंवरले मन्तव्य राख्दै सत्तामा पुग्न चुनाबको भ-याङ्ग बनाउनेहरुले बांडेका झुठा आस्वासन र बिभिन्न दबाबमा परि जनताले मतदान गर्नाले देशमा आर्थिक,सामाजिक र सांस्कृतिक बिकृति मौलाउंदै गएकोले आसन्न निर्बाचनमा सचेत भएर भोट हाल्न आग्रह गर्नुभएको छ ।
भेलाले बिर बहादुर कुंवर संयोजक रहेको ९ सदस्यिय निर्बाचन परिचालन समिति,तिलक प्रसाद भुसाल संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र कृष्ण पन्थी संयोजक रहेको १ सय एघार सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति बांगीको गठन गरेको छ ।
यस्तै टोलीले धनिश्वर पन्थीको संयोजकत्वमा ११ सदस्यिय निर्बाचन परिचालन समिति,कृष्ण प्रसाद खनालको संयोजकत्वमा ७ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र टोपलाल घिमिरेको संयोजकत्वमा १ सय १ सदस्यिय निर्बाचन समिति गोखुङ्गाको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।