कांग्रेस अर्घाखाँचीको गोखुंगा, हंसपुर, वागी, बल्कोट र मैदानमा चुनावी कार्यक्रम सम्पन्न, आगामी ५ बर्षमा देशकै नमुना जिल्ला बनाउने डा. विसी प्रतिबद्दता (तस्बिर सहित)

प्रेमनारायण आचार्य
हंसपुर, अर्घाखाँची २ मंसीर । नेपाली कांग्रेसका  पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भएको छ । 
उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउनु भयो । निर्बाचन क्षेत्र नम्वर १ को गोखुंगा, हंसपुर र वागीमा कांग्रेस कार्यक्रताहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । 
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार डाक्टर रामबहादुर विसीले अर्घाखाँचीको विकास गर्न आफु उम्मेद्धार वनेको बताउदै आगामी ५ बर्षमा देशकै नमुना जिल्ला बनाउने बताउनु भयो ।  अर्घाखाँची तथा देशलाइ समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको  उल्लेख गर्नुभयो ।
क्षेत्रीय सभापति केसवराज कुवरले लोकतन्त्रको रक्षा गर्न कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भयो । 
यस्तै  नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा १को चुनावी प्रचार प्रसार कार्यक्रम  बल्कोटमा सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मानबहादुर विश्वकर्माले लोकतन्त्र रोज्ने कि तानासाह रोज्ने भन्ने जिम्मा मतदाताहरुको रहेको बताउनु भएको छ । उहाले अर्घाखाँचीलाइ ५ बर्षमा देसकै नमुना जिल्ला बनाउन कांग्रेस लागि परेको  जस्कालागि कांग्रेसलाइ जिताउन अपरिहार्य रहेको बताउनु भयो ।  
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले  बाम तालमेल भएपनि अर्घाखाँची नेपाली कांग्रेसको किल्ला हुने बताउनु भएको छ । उहाले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्मा, नेपाली कांग्रेसका पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, जिल्ला सचिव बिष्णु भुसाल, जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, महासमिति सदस्य केसब श्रेष्ठ,  महाधिबेसन प्रतिनिधि तथा  छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्था नगरपालिकाका उपमेयर खडानन्द बेल्वासे, छत्रदेव गाँउपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, जिल्ला सदस्य पिताम्वर खनाल, संगिता बेल्बासे,  नेपाली कांग्रेसका नेता हुम प्रसाद बन्जाडे, कृष्ण चुँदाली, छत्रदेव गाँउपालिकाका वडा अध्यक्षहरु राजेस पन्थी, प्रकासराज पन्थी, वालकृष्ण श्रेष्ठ, कमल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । 
त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मैदानमा चुनाव प्रचारप्रसार कार्यक्रम  भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै अर्घाखाँची प्रदेश सभा २ का उम्मेदवार हिम्मतबहादुर टण्डनले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेसको जीत आवश्यक भएको बताउनु भयो । उहाले क्षेत्र नम्बर २ को विकासका लागी आफ्ना प्रतिस्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने बताउनु भयो । 
क्षेत्रीय सभापती तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले कांग्रेसले अरु पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउदै विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । उहाले  भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन नसक्ने ठोकुवा गर्नु भयो । 
कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, पुर्ब जिल्ला उपसभापति श्यामनाथ काश्यप, महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल, जिल्ला सदस्य संगीता बेल्वासे, तरुण दलका अध्यक्ष नारायण खड्का, तरुण दल अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष अर्जुन पोख्रेल लगायतले मन्तब्य राख्दै नेपाली कांग्रेसको जीत सुनिस्चित भएको बताएका थिए । 
कार्यक्रम कांग्रेस मैदानका सभापति शालीकराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

अन्य समाचारहरु