अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घा-धरमपानीका जनताले खानेपानीबाट बन्चित गराएको भन्दै बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार टाेपबहादुर रायमाझी भोट् नदिने भएका छन् ।
टाेपबहादुर रायमाझीले अाफ्नाे अर्घा घरमा माेटरबाटाे लैजादा खानेपानी नै अबरुद्द हुँदा लामो समय देखि खानेपानीबाट बन्चित भएका धरमपानीका जनताले प्रतिनिधि सभाका उम्मेदवार उनलाई भोट् नदिने भएका हुन् ।
बिसौ बर्ष देखि सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ थेर्वाङको खानेपानी खाइरहेका अर्घा धरमपानी मिर्लिङ्कोटका करिब दुई सय घर परिवार लामो समय देखि खानेपानी बिहिन भएका स्थानिय माओवादी केन्द्रका केशव भुसाल बताए ।
अाफ्नाे घरमा बाटाे लैजाने नाममा जनताले खाने पानीनै अबरुद्ध बनाई जनतालाई काकाकुल बनाउने नेताको यस्ताे प्रबृतिलाई जनताले सजाये दिने समय आएको भन्दै एमाले, माओवादी केन्द्र समर्थक कसैले पनि टोप बहादुरलाई भोट् नदिने भएको उनले बताए ।
जिल्लाबासीका अनुसार अर्घाखाँचीबाट २-२ पटक सविधान सभा निर्वाचन जितेर गएका टोप बहादुर रायमाझी पटक- पटक उपप्रधान तथा उर्जा मन्त्री, भौतिक योजना तथा पुन निर्माण मन्त्री, स्थानीय विकास मन्त्री भएपनि उनले आफ्नो गाउँका साथै जिल्लालाई त केही गर्न सकेनन्, पुन: जिल्लालाई नमुना जिल्ला बनाउन्छु भन्दै झुट्टा आश्वासन दिदै भोट् माग्न हिंडेका छन्।