नबिन के.सी
मालारानी , अर्घाखाँची । नेकपा माओबादी केन्द्रका नेता प्रकाश दाहालको आज बिहान हृदयघातका कारण भएको दुखद निधन प्रति मालारानी गाउँपालिका वडा नम्वर ९ मा संयुक्त बाम गठबन्दनले शोक सभा राखेको छ ।
सभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेता चन्द्रबहादुर खड्का उज्ज्वलले बाम गठबन्दनका नेता प्रकाश दाहालको दुुखद निधनको खबरले अत्यन्तै दुखीत बनाएको भन्दै क.प्रचण्डलाई सोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस भन्ने कामना गर्नु भएको थियो ।
खड्काले बाम गठबन्धनको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । बाम गठवन्धनद्वारा आईतवार मालारानी गाउँपालिकाको वार्ड नं. ९ का बिभिन्न स्थानमा आयोजित छुट्टाछुट्टै चुनावी कोण सभामा मन्तव्य राख्दै उहाँले बाम गठवन्धन मूलुकको आवश्यकता र जनताको चाहना भएको बताउँदै, उच्च मनोवलका साथ जनताको घर आँगनमा पुग्न कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।
बाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्लाबाट प्रदेश सभाका उम्मेदवार रहनुभएका चेतनारायण आचार्यले देशले आज एउटा नेता गुमाएको भन्दै प्रकाशदाहल प्रति श्रद्धाञ्जली व्यक्त गर्दे शोकाकुल प्ररिवार प्रति समबेदना प्रकट गर्नु भएको थियो । आचार्यले श्रमजीवि वर्गको अधिकार स्थापना र जिल्लाको विकासको लागि बाम गठबन्धन भएको र जनभावनलाई बुझेर नै गठबन्धन भएको छ । गठबन्धनका उम्मेदवारलाई भारीमतले विजयी गराउन आग्रह गर्नु भयो ।
आचार्यले गाउँ गाउँमा विकासका पूर्वाधार पु¥याई जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ आफूहरु जनता बीच आएको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य नरेन्द्र क्षेत्री , नेकपा (माओवादी केन्द्र) का सह-संयोजक तथा समानुपातिक उम्मेदवार छमकुमारी खनाल (चिनारी), एमाले जिल्लाकमिटी सचिबालय सदस्य ,जनार्दन खनाल , पिताम्बर भुसाल , शालिकराम आचार्य ,तिलक मिश्र , माओबादी केन्द्रका नेताहरु मानबहादुर पाण्डे , देबबहादुर खड्का , खिमानन्द पन्थी , अनेरास्वबियुका केन्द्रिय सदस्य भरत न्यौपाने , प्रदिप नेपालि , वाईसिएलका जिल्ला अध्यक्ष गोबिन्द भुसाल लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।
गठबन्दनले आज जिल्ला भर गर्ने औपचारीक कार्यक्रम दिउँसो दुई बजे देखी तीन बजे सम्म स्थगीत गरेको माओबादी केन्द्रका सहसयोजक छमकुमारी खनाल चिनारीले जानकारी दिनु भयो । त्यसतै प्रतिनिधी सभाका उम्मेद्धवार तथा माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझी चुनाबि कार्यक्रम स्थगीत गरि काठमाण्डौ गएको चिनारीले जानकारी दिईन ।