ढाकावाङ्ग, सितापुरमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न

गोपाल प्रसाद भट्टराई

सन्धिखर्क, अर्घाखाँची । गत कार्तिक २७ गते जिल्ला सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता पत्र र कार्यक्रम सार्बजनिक गरि औपचारिक रुपमा निर्बाचन प्रचारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अगुवा कार्यकर्ता भेलाको कार्यक्रम आजपनि जारी रहेको छ ।दुइवटा टोलीद्धारा संचालित अभियान अन्तरगत प्रदेश सभा क्षेत्र नम्बर १ को टोलीले आज भुमिकास्थान नगरपालिकाको वार्ड नमबर १ र २ ढाकावाङ्गमा भेला सम्पन्न गरेको छ ।
बुद्धि बहादुर थापाको अध्यक्षता,मेघराज खनालको स्वागत मन्तव्य र नारायण खनालको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बोल्ने बक्ताहरुले नेपाली समाजमा ब्याप्त रहेको भेदभाव,अशिक्षा बेरोजगार जस्ता जटिल समस्याको समाधान गर्दै समृद्ध समाज निर्माण र राष्ट्रियताको रक्षा नै अहिलेको मूख्य कार्यभार रहेकोले आसन्न निर्बाचनमा राष्ट्रवादी शक्तिहरुलाई जिताउनुपर्नेमा जोड दिनुभएको छ । 
भेलाले खड्क बहादुर थापाको संयोजकत्वमा ११ सदस्यिय निर्बाचन परिचालन समिति, भोजराज खनालको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र बाबुराम खनालको संयोजकत्वमा १ सय ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति भुमिकास्थान १ को गठन गरेको छ । 
यस्तै भेलाले जनकराज खनालको संयोजकत्वमा १ सय ३१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति भुमिकास्थान २ को गठन गरेको छ ।कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,नेता कृष्ण के.सी.,पशुपति ढकाल,५ नम्बर प्रदेशसभा समानुपातिक उम्मेद्धार कविराम खनाल,कल्पना पोख्रेल,ठाकुर पन्थी,ढुन्डीराज खनाल ले मन्तव्य राख्नुभएको थियो ।
यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै सितगंगा-२ सितापुरमा चुनाबी भेला सम्पन्न गरेको छ । 
भेलाले गाउं-गाउंमा पुगेर राष्ट्रिय जनमोर्चाको निति तथा कार्यक्रमको बारेमा जनतालाई बुझाउन र आफ्ना उम्मेद्धारलाई भोट माग्न सम्पूर्ण टिम लाग्ने निर्णय गर्दैै कपिल खनालको संयोजकत्वमा ७ सदस्यिय निर्बाचन परिचालन समिति,मिनराज घिमिरेको संयोजकत्वमा ३ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र कमल बि.सी.संयोजक रहेको ३१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति सितापुरको गठन गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.,राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा, प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला राना,नेता गोपाल पौडेल,गोविन्द बि.सी. र कुलराज खनालले मन्तव्य राख्दै जनता संग एउटा बोल्ने केन्द्रमा काम अर्कै गर्नेहरुले गर्दा राजनितिमा दुर्गन्धको गन्ध आएको भन्दै राजनितिक बिकृतिको अन्त्य गरि राष्ट्रिय समृद्धिको काममा अग्रसर हुन आफुहरुलाई भोट दिन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । उहांहरुले नेपालमा बैदेशिक हस्तक्षेपले गर्दा राष्ट्रियता संकटमा परेको घडिमा राष्ट्रघाती बुंदालाई संशोधन गर्दै संबिधान कार्यान्वयन गर्नु अहिले जनप्रतिनिधिको मूख्य भुमिका हुनेहुनाले सोही अनुसार काम गर्न आफुहरुले उम्मेद्धारी दिएको स्पष्ट पार्नुभएको छ । 
भेला मिनराज घिमिरेको अध्यक्षता,कमला बि.सी.को स्वागत मन्तव्य र कमल बि.सी.को संचालनमा सम्पन्न भएको  छ ।

अन्य समाचारहरु