श्याम घिमिरे
अर्घाखाँची, सिमलपानी मंसीर ३ । जिल्लाको सितगंगा नगरपालीका वडानम्बर १४ सिमलपानीमा ढाव सामुदायीक बन उपभोक्ता समुहको नबौ साधारण सभा सनिबार सम्पन्न भएको छ ।
सभामा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै ईलाका बन कार्यालय पाबरा सिमलपानीका सहायक बन अधिकृत जितेन्द्र सिंह खड्काले अर्घाखाँची जिल्ला बनस्रोतमा धनि भएको कारण धेरै प्रगति गर्न सकिने हुनाले यसको दृघकालीन बिकास र संरक्षणको आबश्यकता रहेको भन्दै सबै उपभोक्ताहरु सक्रिय रुपमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै अर्का बक्ता सितगंगा नगरपालीका वडानम्बर १४ सिमलपानीका वाडअध्यक्ष दामोदर न्यौपानेले सामुदायीक बनको बिकास बाट गाँउको समग्र बिकास गर्न सकिने हुनाले बनको बिकासका लागी दृर्घकालीन रणनीति बनाई अगाडी बढनुपर्ने बताए ।
ढाव सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षता भोजराज न्यौपानेको स्वागत मनतब्य र यादब न्यौपानेको सन्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार सुर्यप्रसाद भुसाल,श्याम घिमिरे, स्थानीय शिक्षक कमल ढकाल,कृष्ण अधिकारी लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । सभामा समुहका जेष्ठ नागरीक,गरीब तथा जेहेन्दार बिद्यार्थी,अपाङ्ग,एकल महिलालाई सम्मान समेत गरीएको थियो ।
त्यस्तै सनिबारनै सोही वडाकै अगेरपानी सामुदायीक बन उपभोक्ता समुहको आठौं साधारण सभा पनि सम्पन्न भएको छ । समुहका अध्यक्ष डासीराम बिष्टको अध्यक्षता सरीता पन्थीको स्वागत मनतब्य मान बहादुर बिष्टको सन्चालनमा सम्पन्न भएको कार्यक्रमा ईलाका बन कार्यालय पाबरा सिमलपानीका सहायक बन अधिकृत जितेन्द्र सिंह खड्का, सितगंगा नगरपालीका वडानम्बर १४ सिमलपानीका वाडअध्यक्ष दामोदर न्यौपाने ,स्थानिय हरीलाल न्यौपाने,देबराज पन्थी लगायतले शुभकामना मनतब्य राखेका थिए ।
यस समुहले पनी समुहका जेष्ठ नागरीक,गरीब तथा जेहेन्दार बिद्यार्थी,अपाङ्ग,एकल महिलालाई सम्मान समेत गरेको थियो ।