चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने

प्रेमनारायण आचार्य 
सन्धिखर्क अर्घाखाँची ३ मंसीर । विश्व चर्पी दिवसको दिन आज सन्धिखर्क नगरपालिकामा चर्पीको प्रयोग र महत्वका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
  घरघरमा प्रयोगकर्ता मैत्री सफा चर्पी हामी जिम्मेवार, सुरक्षित पानी स्वस्थकर आनीवानी हाम्रो सरोकार भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । 
सरसफाइको अभावमा नेपालमा वर्षेनी ५ बर्ष मुनिका १० हजार पाँचसय बालबालिकाको ज्यान गाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् २०१७ भित्र सबै नेपालीको घरमा सरसफाई सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको छ । नेपालकै १७ औ जिल्लाको रुपमा खुल्ला दिसामुक्त घोषणा भैसकेको अर्घाखाँचीले सन २०२० सम्ममा जिल्लालाइ सरसफाइमा नेपालकै नमुना जिल्ला बनाउने लक्ष्य लिएको छ । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले मन्तब्य राख्दै सरसफाइको पहिलो सुचकको रुपमा रहेको चर्पीको निर्माण तथा प्रयोग अनिवार्य रहेको बताउनु भयो । उहाले सफा र स्वच्छ सन्धिखर्क नगरपालिका बनाउन आफुहरु लागि परेको जानकारी दिनु भयो । 
चर्पी दिवस र चर्पीको महत्वका बारेमा युएनह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले प्रकास पार्नु भएको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विकको अध्यक्षता र प्रवक्ता लिल गौतमको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु