छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन


प्रेम आचार्य/घनश्याम पौडेल
 छत्रदेव, अर्घाखाँची, ३० कात्तिक । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा रहेका खरको छाना भएका घर हटाई घरमा टिन लगाइने भएको छ । जस्का लागि गाँउ कार्य पालिकाको सभाले एक करोड २० लाख रुपैया विनियोजन गरेको छ ।
छत्रदेव गाँउपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाँउपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका दुखी तथा गरिव परिवारमा टिन लगाउने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो । जस्कालागि एक करोड २० लाख रुपैया विनियोजन गरेको उहाले बताउनु भयो ।
छत्रदेव गाँउपालिकाका सवै वडामा सामाजिक सुरक्षा भत्ता अर्थात बृद्ध भत्ता, एकल महिला भत्ता, तथा अपांग भत्ता वितरण गर्दाको दिन निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्वास्थ्य जाच र औषधी संगै भत्ता वितरण गरेको छ ।
छत्रदेव गाँउपालिकाका सवै आठवटै वडामा वादरको समस्या भएकोले बर्षको दुइ महिना मकै खेती जोगाउन बादर हेरालुको ब्यबस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने निर्णय गरेको छ । छत्रदेवलाइ मासु, अण्डा र दुधमा आत्म निर्भर बनाउने र आफ्नै घर रोजगारीको भर भन्ने नारालाइ सार्थकता तुल्याउने निर्णय गरेको छ ।
विद्युतलाइ लोडसेडिंग मुक्त बनाउने तथा काठका पोल हटाइ काठका पोल मुक्त क्षेत्र घोषणा गर्ने, पर्यटकीय स्थलको ब्यापक प्रचारप्रसार गरि पर्यटनको आवगनमा बृद्धि गराउने भएको छ । सवै विद्यालयहरुमा आउने शैक्षिक सत्र देखि अंग्रेजी माध्यममा अध्यापन गराउने, विषयगत शिक्षकलाइ विद्यार्थीको नतिजाको आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासो पेटिका राख्ने निर्णय भएको छ ।
छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाँउपालिका हाम्रो अभियान भन्ने नारा तय गरि नेपालकै नमुना गाँउपालिका बनाउने गरि कार्य योजना अघि बढाएको अध्यक्ष पोख्रेलको भनाइ छ । गाँउपालिकाका सबै जनप्रतिनिधिहरुले मन्तब्य राखि सकेपछि अन्त्यमा जय छत्रदेव भन्नु पर्ने नियमको लागु गरेको छ । खानेपानीको सबै भन्दा समस्या रहेको छत्रदेवलाइ सुख्खाग्रस्त क्षेत्र घोषणा गरि खानेपानीको समस्या समाधान गर्ने निर्णय भएको छ ।

अन्य समाचारहरु