सहयोगी बिसी
सन्धिखर्क, अर्घाखाँची मंसिर ३ । अर्घाखाँची जिल्लाको सन्धिखर्क मेनरोडमा आजदेखी सुबिधाजन्य मासु पसल सुरु भएको छ ।
अर्घाखाँची मिट मार्टको नामले सुरु भएको पसलको भुमेकास्थान नगरपालिका वडा नं.९ का वडा अध्यक्ष नारायण प्रसाद खनाल र जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक तथा निमित्त कार्यालय प्रमुख बिष्णु प्रसाद पौडेल ले संयुक्त रुपमा रिबन काटी उदघाटन गर्नु भएको हो ।
जिल्ला पशु कार्यालयको मापदण्ड अनुसारको सो पसलमा बोका,खसी,कुखुरा ,माछा र अस्टृजको ताजा सफा मासु पाइने संचालक पवन चुँदाली ले जानाकारी दिनुभयो।
सन्धिखर्क नगरपालिका वडा नं. ७ मा रहेको बधस्थल बाट तैयारी गरिएको मासु सो पसल बाट बिक्रि बितरण गरिने बताइको छ ।साथै बजारका अन्य मासु पसलहरुले समेत उक्त बधस्थलमा लगेरे बध गरेको मासु बिक्री बितरण समेत गर्ने सुबिधा समेत रहेको संचालकले बताउनु भयो ।
मासु जन्य पदार्थबाट शरिरमा छिटोभन्दा छिटो रोग लाग्ने भएकोले अति नै सफा स्वच्छ स्थानमा यो ब्यबसाय गरिएकोले उपभोक्ता बाट यस प्रकारको पसल खोलिएकोमा खुशी ब्यक्त गरेको बुझिएको छ ।