अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन

बसन्त आचार्य  
दुबै यु ए ई को सारजाह एयरपोर्ट फ्रीजोनमा कार्यरत नुवाकोटका अमर लामालाई कम्पनीले बिमारी भएको थाहा पाए पछी क्यान्सिल गरेर कम्पनीमा राखेको थियो। 
निकै सहयोगी भावनाला लामा सँग अर्घाखाँची संपर्क समिती यु ए ई सारजाह क्षेत्रमा अध्यक्ष आयुस खडका अर्घाखाँची समितीले जमुना घिमिरेको उपचारको लागि सहयोग सन्कनल अभियान शुरु गरे पछी उनी आयुस खडका पुन लामाको रुममा पुगे। उनी पुग्दा लामाले बडो राम्रो सँग चिन्न सकेनन। त्यो अबस्था देखे पछी आयुस आत्तिदै उनलाई उठाएर मेडिकल पुराए। त्यहा पुग्दा डाक्टरले गार्हो छ उनलाई सक्दो छिटो नेपाल पुराउन लगाए। 
त्यस्तो अवस्था देखे पछी आयुसले आफु सँग गोजीमा रहेको २०० दिरामलाई नै सबै सम्झेर उनलाई ट्यक्सीमा राखेर सारजाहको हस्पिटलमा पुराए र ईमरजेन्शीले भर्ना गरे। कम्पनीले उपचार् नगरने अवस्था र आफु सँग पनि पैसा नभेएका लामालाई अब के केसरी बच्चाउने भन्ने मा चिन्तित आयुसलाई डाक्टरलाई सबै विवरण बताए। त्यही बाट कम्पनीको साहुलाई फोन गरेर डाक्टरले तुरुन्त बोलाए।
कम्पनीले स्टाफ पठायो, अहिले सम्मको उपचार् खर्च सबै तिरेर एस्लाई यहाँ बाट निकालेर घर पठा भन्ने सन्दर्भमा कम्पनीले लिन मानेन। आयुसलाई किन तैले हाम्रो कामदारले उपचारको लागि लगेको भनेर बडो मजाले झपार्यो। क्यानशिल समेत गरेको लामालाई हिसाब किताब सम्म नदीई घर पठाउने योजनामा रहेको उनलाई आखिर हस्पिटलको खर्च तिरेर सिधै एयरपोर्टको लागि पठायो । नेपाल जान सक्ने अवस्था भए पछी मात्र हस्पिटलले उनलाई डिस्चार्ज गरेको आयुस बताउछन।
अब उनलाई नेपाल पुगेर पनि पैसा नभएसी उपचार गर्न गार्हो भएको देख्दा आयुसले आफ्न साथीहरु सँग सहयोग सन्कलन गरी ५२ हजार नेपाली रुपैया समेत जम्मा गएको र त्यो पैसा आजै नेपाल पठाउने योजनामा छन। वास्तवमा सहयोग गर्ने हरुको लागि कोही न कोही अवस्य भगवान बनेर आउँदछ। एसरी एउटा युवाले न जिल्ला भने न साथी सकेको सहयोग गरेर लामालाई एउटा नयाँ जीवन दिने भाई आयुसलाई अर्घाखाँची संपर्क समिती यु ए ई का सम्रक्षक राजु खडकाले भेटेर धन्यवाद ब्यक्त गरेका छन।

अन्य समाचारहरु