गोपाल प्रसाद भट्टराई
जलुके, अर्घाखाँची । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा २ वटा टोली बनाई प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चाले आज भमिकास्थानको धारापानी र सितगंगा नगरपालिकाको जलुकेमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी.,पशुपति ढकाल,बाबुराम पन्थी,गोपाल प्रसाद भट्टराई लगायतको टोलीले आज धारापनीको शिख्र,मदनडांडा र उपल्लापोखरामा छुट्टाछुट्टै कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी.र पशुपति ढकाललले प्रशिक्षणात्मक मन्तव्य राख्दै २०३८ सालदेखी पटक पटक सत्तामा रहंदैआएकाहरुले जनताका आधारभुत आबस्यकता पुरा गर्न नसक्नेहरुले निर्बाचनको मुखमा आएर कायाप्लट गर्ने भ्रमको आस्वासन बांडेको आरोप लगाउंदै त्यस्ता भ्रमलाई चिर्न कार्यकताहरुलाई आग्रह गर्नुभएको छ । उहांहरुले भोट माग्न आएका प्रतिनिधिहरु चुनाब जितेपछि अर्को चुनाबमा भोटमाग्न आउनेहरुलाई जनताले चिनिसकेको भन्दै यसपाली राष्ट्रिय जनमोर्चालाई भोट हाल्नेमा आफुहरु बिश्वस्त रहेको बताउनुभयो ।
भेलाले धारापानीको शिख्रमा रुमलाल पौडेलको संयोजकत्वमा ७ सदस्यिय निर्बाचन परिचालन समिति,हुम बहादुर सुनार संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र हरीलाल पोख्रेल संयोजक रहेको ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ ।
यस्तै मदनडांडामा डम्बर आलेको संयोजकत्वमा १३ सदस्यिय निर्बाचन परिचालन समिति, झबिन्द्र चुदाली संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र दोर्ण बन्जाडे संयोजक रहेको १ सय ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ भने सोही टोलीले उपल्ला पोखरामा सम्पन्न गरेको भेलाले नारायण प्रसाद भुसालको संयोजकत्वमा १३ सदस्यिय निर्बाचन परिचालन समिति,रुमलाल पौडेल संयोजक रहेको ७ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र बाबुराम बन्जाडे संयोजक रहेको १ सय ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको सहकर्मी जितेन्द्र खत्रीले जानकारी दिनुभएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आज सितगंगा नगरपालिकाको जलुकेमा चुनाबी सभा सम्पन्न गरेको छ । खड्क बहादुर घर्तीको अध्यक्षता, नन्द बहादुर घर्तीको स्वागत मन्तव्य र जोग बहादुर सारुको संचालनमा सम्पन्न भएको भेलाले जोग बहादुर सारुको संयोजकत्वमा ७ सदस्यिय निर्बाचन परिचालन र ३ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र नन्द बहादुर घर्तीको संयोजकत्वमा ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिातिको गठन गरेको छ ।
भेलामा प्रशिक्षण दिंदै राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.,राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा, प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला राना,नेता गोपाल पौडेल,गोविन्द बि.सी. र कुलराज खनालले मन्तव्य राख्दै जनता संग एउटा बोल्ने केन्द्रमा काम अर्कै गर्नेहरुले गर्दा राजनितिमा दुर्गन्धको गन्ध आएको भन्दै राजनितिक बिकृतिको अन्त्य गरि राष्ट्रिय समृद्धिको काममा अग्रसर हुन आफुहरुलाई भोट दिन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।उहांहरुले नेपालमा बैदेशिक हस्तक्षेपले गर्दा राष्ट्रियता संकटमा परेको घडिमा राष्ट्रघाती बुंदालाई संशोधन गर्दै संबिधान कार्यान्वयन गर्नु अहिले जनप्रतिनिधिको मूख्य भुमिका हुनेहुनाले सोही अनुसार काम गर्न आफुहरुले उम्मेद्धारी दिएको स्पष्ट पार्नुभएको छ ।
भेला मिनराज घिमिरेको अध्यक्षता,कमला बि.सी.को स्वागत मन्तव्य र कमल बि.सी.को संचालनमा सम्पन्न भएको छ ।