लहरें धारा, अर्घाखाँची (अर्घाखाँची डटकम) । पाणिनी गाँउ पालिका ५ लहरें धाराले यस क्षेत्रमा मोटर वाटो र खानेपानिको समस्या समाधान नभए सिगो वस्तिले नै आगामी निर्वाचन वहिस्कार गर्ने तयारी भएको स्थानीय युवा पुष्कर वेल्वासेले अर्घाखाँची डटकमलाई जानकारी गराएका छन ।
कुनैपनि दलको नज़र यहाँ नपुगेको कारण यो कदम चाल्न वाध्य भएको स्थानिय वाँसीको गुनासो छ ।
अर्घाखाँचीका विभिन्न ठाउँबाट निर्वाचन बहिस्कार गर्ने कुरा बाहिर आइरहदा पाणीनी पाँच नं स्थित लहराधाराले पनि चुनाव बहिष्कार गर्ने र त्यसको आधिकारिक रुपमा पछि सार्वजनिक गर्ने बताइएको छ ।