प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ५ मंसीर । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था सन्धिखर्कको आयोजनामा स्थापना दिवस तथा बार्षिक उत्सवको अवसरमा अन्तर मावि स्तरीय बक्तित्व कला प्रतियोगतिा आज सम्पन्न भएको छ ।
रास्ट्र निर्माणमा सहकारिको भुमिका बिषयक वक्तित्वकला प्रतियोगितामा जिल्लाका २२ वटा माध्यमिक विद्यालयका विद्यार्थीले भाग लिएका थिए । वक्तित्वकला प्रतियोगितामा ज्ञान प्रकाश मा. बि. सल्लिकोटका विकास वस्याल प्रथम, ग्रीन इंगलिस बोर्डिग स्कुलका सुभेच्क्षा खनाल द्धितीय र युवा वर्ष जनता रवि चित्र मावि हटारी नेटाका सन्ध्या वाग्ले तृतीय भएका छन ।
वक्तीत्व कला प्रतियोगीतामा प्रथमलाइ २५ सय, द्धितीयलाइ दुइ हजार र तृतीयलाइ १५ सय नगद तथा प्रमाण पत्र प्रदान गरिएको सहकारीका कार्यकारी निर्देसक तुल्सीराम खनालले बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्रीले मन्तब्य राख्दै सहकारीको विकासकालागि सबै पक्ष लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला बचत सहकारी संघका अध्यक्ष प्रकास भुसालले राज्यले सहकारीलाइ पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रम त्रिवेणी बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता र नारायण भुसालको सञ्चालन र शिक्षा उपसमिति संयोजक कमल प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।