शोभाखर पन्थी
बाँगी, अर्घाखाँची मंसिर ५ । बामगठबन्धन अर्घाखाँची क्षेत्र नं.१ ले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।
गठवन्धनका उम्मेद्वार तथा नेताहरुले क्षेत्रको गाउँ तथा टोलटोलमा पुगेर चुनावी सभा, भेटघाट, घरदैलो लगायतका कार्यक्रम सम्पन्न गरेका छन् । उनीहरुले जनताको घर दैलोमा पुगेर पूर्वाधार निर्माण र आर्थिक समृद्धिको लागि आफुहरुलाई विजयी गराउन आग्रह गरेका छन् । नेपाली कांग्रेस लामो समय सम्म सरकारमा रहेपनि जिल्लाको विकास निर्माणमा कुनै योगदान पुर्याउन नसकेको भन्द,ै वामगठवन्धनका नेताहरुले दिगो विकास र आर्थिक समृद्धिका लागि आफुहरु एकजुट भई निर्वाचनमा आएको वताएका छन् । नेताहरुले फुटाउ र शासन गर भन्ने युगको अन्त्य भएको भन्दै अवको मुलुक हाँक्ने जिम्मा कम्युनिष्टहरुको भएको बताए ।
यसैवीच वाम गठवन्धनले आज मालारानी गाउँपालिका वडा नं.५ बाँगीको गुराँसे, भण्डार र आरुखोरमा चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा मन्तब्य राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य चन्द्र वहादुर खड्का उज्वलले भ्रम र झुठको खेती नगर्न कांग्रेंसका नेताहरुलाई आग्रह गर्नुभएको छ । २०४६ साल पछि पटक पटक गरी करीब २४ वर्र्ष सरकारको बागडोर समाले पनि जनताको पक्षमा एउटा पनि उल्लेख्यकाम गर्न नसके को कांग्रेसले छोटो अवधिमा वनेका बामपन्थी सरकारका राम्रा र सकरात्मक कामको प्रशंसा गर्नुका सट्टा आफ्ना कमजोरी छोप्न झुट्टा र अनर्गल आरोप कम्युनिष्ट लाई लगाएको प्रति आपत्ति प्रकट गनुभयो । ढाँट, छल र बेइमानीको राजनीतिले जनताको मन जित्न नसकिने भन्दै नेता खड्काले इमान्दार चरित्र प्रर्दशन गरी स्वच्छ निर्वाचनको वातावरण तयार गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष तथा वामगठवन्धन अर्घाखाँची प्रदेश सभा १ का साझा उम्मेद्वार चेतनारायण आचार्यले निर्वाचन जित्नको लागि जनतालाई ढाँट, छल नगर्ने वताउनुभयो । सक्कली सुनलाई कसी लगाउनु नपर्ने भन्दै उहाँले देश र जनताको पक्षमा आवाज उठाउने नेताको पहिचान जनताले गरिसकेको भन्दै जनता सधैभरि दिगो शान्ति, अग्रगामी सोंच र सिङ्गोे मुलुकको समृद्धिको पक्षमा रहेको बताउनुभयो ।
क्यान्सर, मृगौला, मुटु, कलेजो, मधुमेह लगायतका निकै खतरनाक रोग लागेर पनि बाँच्न सफल हुनुभएका आचार्यले आफुले बाचुन्जेलसम्म जनताको सेवाको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संयुक्त बाम गठवन्धन मालारानी वडा नं. ५ को निर्वाचन परिचालन समितिका अध्यक्ष डाल वहादुर चौहानको अध्यक्षता र शोभाखर भुसालको संचालनमा सम्पन्न कार्यक्रममा एमाले नेता नरेन्द्र कुमार क्षेत्री, माओवादी केन्द्रका जिल्ला सह संयोजक तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार छम कुमारी खनाल, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, एमाले जिल्ला सचिव राम वहादुर चौहान, सचिवालय सदस्यहरु पीताम्वर भुसाल, तिलक मिश्र, जीवन कुमार चौहान, लिल बहादुर वि.क., मुनाल खड्का, अर्घाखाँची रुपन्देही निर्वाचन परिचालन समितीका संयोजक डवल वि.सी. सदस्य विक्रम खनाल, माओवादी केन्द्रका नेता एम.वि. पाण्डे, देब वहादुर खड्का, खिमानन्द पन्थी लगायतका वक्ताहरुले मन्तव्य राख्दै राजनीतिक स्थायीत्व, राष्ट्रियताको रक्षा र मुलुकको समृद्धिको लागि बामगठवन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
गठवन्धनले भोली मंसिर ६ गते डिभर्नाको चुनावी सभा र भेटघाट कार्यक्रम गर्ने तयारी गरेको एमाले जिल्ला सदस्य लिल वहादुर वि.क.ले बताउनुभएको छ ।