प्रेमनारायण आचार्य
असुरकोट, अर्घाखाँची ५ मंसीर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मान वहादुर विश्वकर्माले लोकतन्त्र रोज्ने कि तानासाह रोज्ने जिम्मा मतदाताको हातमा आएको बताउनु भएको छ । उहाले लोकतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्र गर्ने कम्युनिस्टहरुले जनतामाथी तानासाह लादने बताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा महिला नेतृ पुस्पा भुसालले नेपाली कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्ने बताउदै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भएको छ । उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउनु भयो ।
निर्बाचन क्षेत्र नम्वर २ को खिल्जी र असुरकोटमा भएका छुटाछुटै चुनावी आमसभालाइ सम्बोधन गर्दै कांग्रेस नेताहरुले जनताको आन्दोलन र बलिदानीबाट आएको लोकतन्त्रको रक्षा गर्न कांग्रेसलाइ जिताउनु पर्ने बताएका छन ।
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार डाक्टर रामबहादुर विसीले अर्घाखाँचीको विकास गर्न आफु उम्मेद्धार वनेको बताउदै आगामी ५ बर्षमा अर्घाखाँचीलाइ देसकै नमुना जिल्ला बनाउने बताउनु भयो । अर्घाखाँची तथा देसलाइ समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको उल्लेख गर्नुभयो ।
प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर २ का उम्मेद्धार हिम्मत बहादुर टण्डनले पछाडी परेको २ नम्वर क्षेत्रको विकास नेपाली कांग्रेसले मात्र गर्ने बताउनु भयो । उहाले कम्युजिस्टहरुले जनतालाइ झुटा आस्वासन बाडेको पनि आरोप लगाउनु भयो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले लोकतन्त्रको रक्षा गर्न कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासे, क्षेत्रीय सभापति तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतम, नेपाली कांग्रेसका महाधीबेसन प्रतिनिधि लोकेन्द्र विक, कृष्ण प्रसाद खनाल, कांग्रेस नेताहरु श्यामनाथ कास्यप, धर्मराज भुसाल, प्रेमनारायण बेल्बासे, नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्रा गैरे, संगीता वेलवासे, पिताम्वर खनाल, हुम प्रसाद बन्जाडे, राम बहादुर परियार, धनीस्वर खनाल, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, नेविसंघका पुर्ब अध्यक्ष मेघराज पाण्डे, महिला संघकी क्षेत्रीय सभापति सरिता अर्याल लगायतले मन्तब्य राख्नु भएको थियो ।
खिल्जीको कार्यक्रम टंक बेल्बासेको अध्यक्षता, विनोद परियारको सञ्चालन र झबिलाल पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । भने असुरकोटको कार्यक्रम विष्णु प्रसाद श्रेष्ठको सभापतित्व, संगीता बेल्बासेको सञ्चालन र राजेन्द्र बन्जाडेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यस्तै नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा १को चुनावी प्रचार प्रसार कार्यक्रम आज ठुलापोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले बाम तालमेल भएपनि अर्घाखाँची नेपाली कांग्रेसको किल्ला हुने बताउनु भएको छ । उहाले अर्घाखाँचीको विकासका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो ।
उहाले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेसको जीत आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव बिष्णु भुसाल, महासमिति सदस्य केसव श्रेष्ठ, महाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, क्षेत्रीय सचिव तारा फुल्लेल , कांग्रेस नेताहरु हरिहर आचार्य, चन्द्रमान श्रेष्ठ, मुमलाल फुल्लेल, दलित संघका अध्यक्ष मणिराम परियार, तरुण दलका अध्यक्ष नारायण खड्का, किसान संघका सभापति ज्ञानप्रसाद पाण्डे, छत्रदेव गाँउपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, वडा अध्यक्षहरु राजेस पन्थी, अशोक श्रेष्ठ, कमल पौडेल, , कांग्रेस नेताहरु खडानन्द पौडेल, इश्वरि पौडेल, रोसन पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो ।