पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न

गोपाल प्रसाद भट्टराई

पणेना, अर्घाखाँची । मंसिर २१ गतेको निर्बाचन आफ्नो पोल्टामा पार्नको लागि कार्तिक २७ गते देखी औपचारिक रुपमा प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चाले आज पाणिनि गाउंपालिकाको पणेनामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
देव बहादुर रावलको अध्यक्षता,देवी भुसालको स्वागत मन्तव्य र योगेश सारुको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.,राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा र प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला रानाले मन्तव्य राख्दै पछिल्लो समयका चुनाबमा बिभिन्न तरिकाबाट भोट किनबेच हुने गरेको भन्दै मतदाताहरुलाई सचेत हुन आग्रह गर्नुभएको छ ।उहांहरुले बिपक्षीदलहरु तर्फ इंगित गर्दै चुनाबी सभामा दिइने आधार बिहिन भाषणबाट जनता जानकार भइसकेको भन्दै भ्रममा नपार्न सचेत गराउनुभएको छ । 
भेलाले देव बहादुर रावलको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन परिचालन र योगश सारुको संयोजकत्वमा ५५ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापाले जानकारी दिनुभएको छ । 
यसैबिच राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले एमालेको महाकाली र बि.पि.को गण्डक सम्झौतादेखी नै राष्ट्रिय जनमोर्चाले राष्ट्र र जनहित बिपरितका कदमको बिरोध गर्दै आएको जानकारी गराउंदै आफुहरु सदैब देश र जनताको हितमा रहेको स्पष्ट पार्नुभएको छ । नेता के.सी.ले अहिलेको संसदिय ब्यबस्थाबाट जनताको दिगो हित हुन नसक्ने र चुनाब आफुहरुको कार्यनितक प्रयोग मात्र भएको भन्दै राष्ट्रिय जनमोर्चाले जनतासंग भ्रमको खेती नगर्ने र गर्नेलाई नछोड्ने चेतावनी दिनुभएको छ । 
राष्ट्रिय जनमोर्चाको चुनाबी कार्यक्रम अन्तरगत आज सन्धिखर्क ९ अर्घामा सम्पन्न गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय जनमोर्चाका नेताहरु कृष्ण के.सी.,पशुपति ढकाल,रुद्र पराजुली,भिमलाल आचार्य लगायतको आतिथ्यता रहेको भेलाले पोम नारायण पौडेल संयोजक रहेको ९ सदस्यिय निर्बाचन परिचालन समिति,भिमलाल आचार्य संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र भविश्वर अधिकारी संयोजक रहेको ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ ।
अगुवा कार्यकर्ता भेला पछि राष्ट्रिय जनमोर्चाले मंसिर ८ गतेदेखी पालिका स्तरिय चुनाबीसभाहरु गर्ने  भएको छ । 

अन्य समाचारहरु