सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची मंसीर ५ ।  त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा संस्थाको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवसकोे अवसरमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता मंगलबार सन्धिखर्क स्थीत अर्घाखाँची आबासीय माबीमा सम्पन्न भएको छ ।
राष्ट्र निर्माणमा सहकारिको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा जिल्लाका २२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा ज्ञान प्रकाश मावि सनपा १२ सल्लीकोटका विकाश वस्याल प्रथम, सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुलका सुभेच्क्षा खनाल द्धितीय र युवा वर्ष जनता रवि चित्र मावि हटारी नेटाका सन्ध्या वाग्ले तृतीय भएका छन ।
 प्रतियोगीतामा प्रथम,द्धितिय र तृतिय हुने बिद्यार्थीलाई क्रमश २५ सय, २ हजार र १५ सय नगद तथा प्रमाण पत्र प्रदान गरिएको सहकारीका कार्यकारी निर्देशक तुल्सीराम खनालले बताए । 
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्रीले सहकारीले शिक्षाको क्षेत्रमा गरेको लगानी स्मरण योग्य भएको भन्दै बिद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्नेमा आफु आशा बादी रहेको बताउदै सहकारीकोे विकासकालागि सबै पक्ष लाग्नु पर्ने बताए । कार्यक्रममा जिल्ला बचत सहकारी संघका अध्यक्ष प्रकाश भुसाल,श्रोत ब्यक्तीहरु हरीप्रसाद भुसाल,युबराज भुसाल मोतिराज आचार्य लगायतले मनतब्य राख्दै राज्यले सहकारीको बिकासलाई  पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए ।
कार्यक्रम त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता शिक्षा उपसमिति संयोजक कमल प्रसाद घिमिरेको स्वागत मनतब्य र नारायण भुसालको सञ्चालनमा सम्पन्न हो ।
कार्यक्रम त्रिवेणी बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता र नारायण भुसालको सञ्चालन र शिक्षा उपसमिति संयोजक कमल प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु