छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्, अर्घाखाँची, ६ मंसिर । मंसिर २१ गतेको निर्बाचन आफ्नो पोल्टामा पार्नको लागि कार्तिक २७ गते देखी औपचारिक रुपमा प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चाले आज छत्रदेव गाउंपालिकाको वार्ड नम्बर १ मा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
 कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले चुनाबको बेला ललाइ-फकाइ गर्नेहरुको बिगबिगि बढेको भन्दै जनताहरु सचेत नभएमा देश गम्भिर संकटमा फस्ने दाबी गर्नुभएको छ । नेता के.सी.ले बिदेशीसंग सांठगांठ गरि मुलुकलाई बिखण्डन गर्नेमा सत्ताशिन दलहरुनै लागिपरेको भन्दै अबपनि उनिहरुले नै चुनाब जितेमा देशले हार्ने बताउंदै राष्ट्रवादी शक्तिहरुलाई जिताउन आग्रह गर्नुभएको छ । 
राष्ट्रिय जनमोर्चाका नेताहरु कृष्ण के.सी.,पशुपति ढकाल,कमल प्रसाल भुसाल,र सिद्धि भट्टराई लगायतको आतिथ्यता रहेको भेलाले गोकर्ण कुमाल संयोजक रहेको ७ सदस्यिय निर्बाचन परिचालन समिति, चन्द्रकला पौडेल संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र गणेश पौडेल संयोजक रहेको २१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ ।यस्तै सोही टोलीले आजै मालारानीको वार्ड नम्बर १ र २ को संयुक्त भेलापनि सम्पन्न गरेको छ ।
भेलाले भविश्वर बन्जाडे संयोजक रहेको ९ सदस्यिय निर्बाचन परिचालन समिति, जुद्ध बहादुर जि.सी.संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र पदम के.सी.संयोजक रहेको ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ ।यसैबिच राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.,राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा र प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला राना,यमलाल पोख्रेल,कपिल खनाल,गोविन्द बि.सी.,गोपाल पौडेल,धुब्र के.सी.र पोम बहादुर परियारले मन्तव्य राख्दै पछिल्लो समयका चुनाबमा बिभिन्न तरिकाबाट भोट किनबेच हुने गरेको भन्दै मतदाताहरुलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाले आज सन्धिखर्कको नरपानी र भुमिकास्थानको नुवाकोट लम्चीमा सम्पन्न गरेको चनाबी कार्यक्रमलाई सम्बोधन गर्दै उहांहरुले बिपक्षीदलहरु तर्फ इंगित गर्दै चुनाबी सभामा दिइने आधार बिहिन भाषणबाट जनता जानकार भइसकेको भन्दै भ्रममा नपार्न सचेत गराउनुभएको छ । 
भेलाले पूर्ण बहादुर चुंदालीको संयोजकत्वमा ७ सदस्यिय निर्बाचन परिचालन समिति,लोक बहादुर बि.सी.को संयोजकत्वमा ३ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र पदम के.सी.को संयोजकत्वमा ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापाले जानकारी दिनुभएको छ ।
यस्तै नुवाकोटको लम्चीमा दधिराम आचार्य संयोजक रहेको ७ सदस्यिय निर्बाचन परिचालन समिति,प्रमोदहरी आचार्य संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र शुरेश अचार्य संयोजक रहेको १ सय १ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ ।अगुवा कार्यकर्ता भेला पछि राष्ट्रिय जनमोर्चाले मंसिर ८ गतेदेखी पालिका स्तरिय चुनाबीसभाहरु गर्ने राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु