शोभाखर पन्थी
मालारानी, अर्घाखाँची २०७४ मंसिर ६, । वाम गठबन्धन मालारानी गाउँपालिका अर्घाखाँचीले आज वार्ड नं. ४ मा युवा तथा महिलाहरुको संयुक्त भेला सम्पन्न गरेको छ ।
भेलामा मन्तव्य राख्ने वक्ताहरुले आसन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिए । वक्ताहरुले राष्ट्रियताको रक्षा, दिगो शान्ति र मुलुकको समृद्धिको लागि कम्युनिष्टहरु एकतावद्ध भइै अगाडी बढेको बताए ।
यसरी मन्तव्य राख्नेहरुमा नेकपा एमालेका जिल्ला सदस्य लिल बहादुर वि.क., वामगठबन्धन वार्ड नं. ४ संयोजक गंगाराम खनाल, युवा परिचालन समिति मालारानीका संयोजक विक्रम खनाल, देवीराम खनाल, विष्णु प्रसाद पोख्रेल, खिमानन्द खनाल, भविश्वर पोख्रेल, ऋषिराम पोख्रेल अशोक भुसाल, शशि सुनार, अमरा आचार्य, सरस्वती खनाल, जमुना खनाल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रम वलराम भुसालको अध्यता र रामकृष्ण वि.क. को सञ्चालनमा सम्पन्न भएको हो ।