शोभाखर पन्थी
मालारानी, अर्घाखाँची मंसीर ७ । संयुक्त वाम गठबन्धन मालारानी ८, अर्घाखाँचीले चुनावी प्रचार प्रसारको अभियानलाई तिव्र पारेको छ । गठबन्धनका अगुवा कार्यकर्ता सम्मिलित वैठकले विभिन्न समिति तथा उप समितिको निर्माण गरी चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको हो ।
गठबन्धनले वार्डको चुनावी योजनालाई व्यवस्थित गर्न दिनामणी पन्थी संयोजक रहेको १५ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरेको छ । समितिको सदस्यमा वालकृष्ण अधिकारी, हुमलाल पाण्डे, नरेन्द्र बस्नेत, गंगा वि.क., मान बहादुर विष्ट, गिर बहादुर राना, खिम बहादुर घ.म. जोश बहादुर थापा, पद्मा पन्थी, सुमित्रा परियार र डाल बहादुर वि.सी. रहनु भएको छ ।
यसैगरी वैठकले विभिन्न टोल समितिको समेत चयन गरी ईन्चार्ज समेत तोकेको छ । जसअनुसार ठाडुङ्गा-रागामारे टोल समितिको ईन्चार्जमा दिनामणी पन्थी, सिलिङ्गे-हंसपुर वालकृष्ण अधिकारी, माँझवेला-वाटुले हुमलाल पाण्डे, काव्रा-बझिने नरेन्द्र बस्नेत, डाँडागाउँ मान बहादुर विष्ट, थपकोट खिम बहादुर घ.म., छहरा जोश बहादुर थापा, सिरेनी पद्मा पन्थी, परियारटोल सुमित्रा परियार, लेओसे गंगा वि.क., मुलका चौर डाल बहादुर वि.सी.र बाँजाखर्कमा गिरबहादुर राना लाई ईन्चार्जको जिम्मेवारी सुम्पिएको छ ।