सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र

युवराज थापा 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीड्टकम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -१  सन्धिखर्कको एक मुटु र गहना मानिने  शान्तिवगैचाकाे साईडमा रहेकाे  सडक र सार्वजनिक शौचालयकाे वस्तुस्थितिमा अझै कुनै सुधार देखिएन ।
समृद्ध अर्घाखाँची बनाउछौ देशकै एउटा नमुना जिल्ला बनाउछौ भनेर चिल्ला गफ र खोक्रा भाषण खोक्ने राजनीतिक दलका नेता लगायत सन्धिखर्क नगरपालिका र नगरमा रह्को सुधार केन्द्रले सदरमुकाममा रहेका सार्वजनिक शौचालय र सड्कलाइ  ब्यावस्थित नगर्नु कति सम्मको हेलचेक्राइ मानिन्छ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम मानिने सन्धिखर्क भित्र रहेका भैतिक तथा सार्वजनिक शौचालय शान्ती बगैचाको नजिकै रहेका फोहोरका डब्बा ,दिनहु सडकमा बग्ने ढलको पानीलाई नियन्त्रण गर्ने र येस्लाइ ब्यावस्थित गर्ने जिम्मा कस्को ?खै नगर प्रमुख ,खै उप प्रमुख कहाँ लुप्त अवस्थामा छ नगर सुधारकेन्द्र पटक पटक बजारवासि हरुले नगर प्रमुख र नगर सुधार केन्द्रलाई जानकारी गराउदा पनि अझै सम्म शान्ति बगैंचा वरिपरि रहेका शौचालय ,फोहोरका डब्बा सडकमा बग्ने ढलको पानीको कुनै नियन्त्रण र ब्यावस्थित हुन सकेन  ।
शान्ति बगैंचा सदरमुकामकै प्रमुख बगैंचा र यात्रुहरु विश्राम गर्ने ठाँउ हो त्यहाँ जिल्लावासी न भयेर स्वदेसी तथा बिदेशी पर्यटकहरुले बगैंचा अवलोकन गर्ने गर्दछ्न तर शान्ति बगैंचामा रहेका  सार्वजनिक शौचालय , फोहोरका डब्बा सडकमा बग्ने ढलको फोहोर पानी लाई ब्यावस्थित नगरी कसरी स्वदेसि तथा बिदेशी पर्यटक हरु भित्र्याउनमा येस्ता बिजोगले कसरी टेवा पुर्याउला येस प्रती नगर सुधार केन्द्र र नगरप्रमुखको किन ध्यान जनसकेन शान्ति बगैंचा वरिपरि बस्नुहुने स्थानीय वासीहरु नै अचम्मित परेका छ्न ।
यस अघि पनि शान्ती बगैंचा वरिपरिको छेत्रमा फोहोर जथाभावी फाल्ने फोहोरका डब्बामा फोहोर भरिएर  यात्रुहरुले मुखमा मास्क र हातले नाक छोपेर हिड्नु पर्ने र बाताबरण दुर्गन्धित बनाउने खालका ढलको पानी शहरी सडक तिर छोड्ने प्राविधिहरु पहिले देखि आयिरहेको छ   आखिर येस्ता खलका समस्याहरु शान्ति बगैँचा वासिले कतिदिन खेप्न पर्ने हो कुनै निश्चिति छैन ।
करिब ८-१० महिना पहिले  शान्ती बगैचा सड्कमा ढलको पानी र जथाभावी फोहोर फालेको कारण वातावरण प्रदुषण बनाएको र बगैंचा छेत्रमा हिड्डुल गर्ने मानिसहरुलाई कठिनाइ भयेको कारण  शन्धिखर्क नगरपालिका वार्ड न १ -सन्धिखर्क निवासी समाज सेवि युवा कृष्ण प्रसाद भुसालले आफ्नै लगानिमा पटक पटक सड्कमा बग्ने ढलको फोहोरको पानीकि  ब्याव्स्था गर्दै आउनुभएको छ।
  तर बिकास प्रेमी नेता कता छ्न नगरपालिका प्रमुख कहाँ हुनुहुन्छ नगर सुधार केन्द्र किन मौन अवस्थामा छ ?कति दिन यस्ता सार्वजनिक शौचालय र सडकहरुको सरसफाइ एक ब्याक्तिको एकल लगानिमा गर्न सकिन्छ र पटकपटक सरोकारवाला लाई येस बिषयमा  जानकारी गराउदा पनि नगरपालिकाले कुनै चासो र कुनै ब्यावस्थित नगर्दा बजारवासी चिन्तित देखिन्छ्न । 

अन्य समाचारहरु