सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा आजबाट औषधी अभाव नहुने भएको छ । 
औषधी आपुत्ति भई सबै गाउँ टोलमा रहेको स्वास्थ्य संस्थामा औषधी पु-याउने काम सुरु भएको मेयर कमल प्रसाद भुसालले जानाकारी दिनुभयो ।
सरकारले निशुल्क रुपमा वितरण गर्ने औषधी नहुदाँ विरामीहरुलाई सामन्य औषधीको लागी पनि सदरमुकाम ध्याउनु पर्ने बाध्यता रहेको थियो । लामो समय देखी सन्धिर्खक नगरपालीका रहेका स्वास्थ्य सस्थाहरु ओषधी नहदुाँ सास्ती खेप्नु परेको थियो । 
पालीका भित्रलाई सफा र सुन्दर बनाउने अभियान अन्तगर्त जिल्लाका मुख्य मुख्य स्थानमा सड्ने र नसड्ने फोहोर कन्टेनर लाग्ने काम पनि सुरु भएको उपमेयर ठाकुर कुमार विकले जानाकारी दिनुभयो । 
सुन्दर नगर बनाउने अभियानलाई सार्थक बनाउनको लागी चोकचोकमा कन्टेरसंगै सफा रहने अनुमान गरिएको छ । सुन्दर नगर बनाउने अभियान अन्तगर्त बजारहरु सरसफाई कार्यक्रम समेत हत्ता हत्तामा सञ्चालन हुदै आएको छ ।

अन्य समाचारहरु